सुकान्त मजुमदारको अवस्था स्थिर

1707933027_bose.jpg

काेलकाता: भाजपा प्रदेश अध्यक्ष सुकान्त मजुमदारको अवस्था स्थिर छ। वास्तवमा केही दिनअघि पार्टी समर्थक र सुरक्षाकर्मीहरूमाझ भएको झड़पमा सुकान्तलाई गम्भीर चोट लागेको थियो।

अचेत भएर ढलेपछि उनलाई स्थनीय अस्पतालमा भर्ती गरिएको थियो। शुक्रवार अस्पताल पक्षबाट बताइएको छ, उनको अवस्था स्थिर छ। उनको उपचार गरिरहेका डाक्टरहरूलको भनाइ छ, सुकान्त अब ठिक भएका छन्, तर उनलाई अहिले पनि विश्रामको आवश्यकता छ।

यसबीच घटनालाई लिएर संसदको विशेषाधिकार समितिले पश्चिम बंगालका मुख्य सचिव बीपी गोपालिका, राज्य पुलिसका कार्यवाहक महानिदेशक राजीव कुमार, उत्तर 24 परगनाका जिल्ला मजिस्ट्रेट शरद कुमार द्विवेदी औ बशिरहाट पुलिस जिल्ला अधीक्षक हुसैन मेहदी रहमान तथा अतिरिक्त अधीक्षक पार्थ घोषलाई सोमवार पेश हुने आग्रह गरेक छ। यो समन यस्तो समयमा जारी गरिएको छ जतिबेला बुधवार भाजपा कार्यकर्ताहरूले आरोप लगाएका छन्, जब सुकान्त सन्देशखाली हिंसाका शिकार महिलाहरूसित भेट गर्न गइरहेका थिए, त्यसबेला पुलिसले उनीसित अभद्र व्यवहार गऱ्यो।

भाजपा कार्यकर्ताहरूले यो पनि आरोप लगाएका छन्, तृणमूलका शेख शाहजहाँ र उसका गुण्डाहरूले उनलाई सताए। मजुमदारको नेतृत्वमा सन्देशखाली गइरहेका भाजपा कार्यकर्ताहरूलाई पुलिसले रोक्यो। त्यसपछि तीव्र विवाद भयो अनि स्थिति हातपातसम्म पुग्यो। मजुमदारलाई बशिरहाट राज्य अस्पतालमा भर्ती गरियो, त्यसपछि गए राती उनलाई एक निजी अस्पतालमा भर्ती गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement