मणिपुर: २१ फरवरीसम्म इन्टरनेट सेवा निलम्बित

Screenshot_20240216_184707_Google.jpg

इम्फाल: चुराचाँदपुर जिल्लाको पुलिस अधीक्षक कार्यालयलाई जलाउनका साथै अन्य हिंसक घटनाहरूलाई मध्यनजर मणिपुर सरकारले राज्यमा पाँच दिनसम्मको लागि इन्टरनेट सेवालाई स्थगित गरिदिएको छ।

यो आदेश बिहीवार अबेर राती जारी गरिएको हो जुन आगामी २१ फरवरीसम्म प्रभावी रहनेछ।

मणिपुर सरकारले तनाउ बढ़ाउनको लागि सोशल मीडिया प्लेटफर्महरूको दुरूपयोग हुनसक्ने सम्भावानालाई ध्यानमा राखेर चुराचाँदपुर जिल्लामा वीपीएनको माध्यमबाट हुने सेवाहरू सहित मोबाइल इन्टरनेट अनि डेटा सेवाहरूलाई अस्थायी रूपमा निलम्बित गर्ने आदेश दिएको छ। यो निलम्बन बितेको बिहीवार राती १:४० बजेदेखि शुरू भएर आगामी पाँच दिनसम्म प्रभावी रहनेछ।

दूरसंचार सेवाहरूको अस्थायी निलम्बनको फसेला (सार्वजनिक आपातकाल वा सार्वजनिक सुरक्षा) नियम- २०१७ को नियम २ अन्तर्गत सार्वजनिक शान्ति औ साम्प्रदायिक सद्भावमा व्यापक गड़बड़ी हुनसक्ने आशंकालाई केन्द्र गरेर लिइएको हो। सरकारको लक्ष्य भड़काउपूर्ण सामग्री अनि झूटो अफवाहहरूको प्रसारणलाई रोक्नु हो जसले वर्तमान अस्थिर कानून व्यवस्थालाई अझ बिथोल्नसक्छ।

सबै मोबाइल सेवा प्रदाताहरूलाई निलम्बनलाई प्रभावकारी ढंगमा लागू गर्ने कड़ा निर्देश दिनको साथै आदेशलाई अनुपालन गर्ने निर्देश दिइएको छ। यस अतिरिक्त मणिपुर सरकारले तत्काल कार्यान्वयनको सुविधाको लागि पुलिस महानिदेशक अनि दूरसंचार विभाग सहित सम्बन्धित अधिकारीहरूलाई निर्देश पठाएको छ।

मणिपुर सरकारका संयुक्त सचिव (गृह) डा. मायेंगबाम वीटो सिंहले सार्वजनिक व्यवस्थालाई कायम राख्नको लागि सबैसित सहयोगको आग्रह गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *