सिटोङको आहाल डाँडामा शुरु भयो दार्जीलिङ ईको टुरिजम एण्ड कल्चरल फेस्टिभल

IMG-20240216-WA0202

सिटोङ: आजदेखि सिटोङ-३ चर्चित पर्यटन स्थल आहालडाँडामा तीन दिनव्यापी दार्जीलिङ ईको टुरिजम एण्ड कल्चर फेस्टिभल शुरु भएको छ। यस अवसरमा सूचना एवं संस्कृतिक विभाग खरसाङका कलाकारहरू  गीत र नृत्यहरू प्रस्तुत  गरे। रतन गुरुङको अध्यक्षतामा सम्पन्न भएको यस समारोहमा जेमश योञ्जनले स्वागत सम्भाषण राखे भने समारोहका प्रमुख अतिथि जीटीए कार्यकारिणी सभासद नोर्देन लामा, सभासद दावा शेर्पा, सेवक आउटपोस्ट  ओसी,तपनकुमार दास,समाजसेवक बिक्रम राई आदि उपस्थित थिए।

कार्यक्रमको प्रारम्भमा के.एन.मेमोरियल विधालयका विद्यार्थीहरूले स्वागत  नृत्य प्रस्तुत गरे भने स्थानीय लाटपन्चर गायक शरण गुरुङले गीत प्रस्तुत  गरे। शिशिर प्रधान,सेवन सुब्ब अनि सबिना गिरीले संचालन गरेको समारोमा नेपाल झापाबाट आएका अतिथि  महिला  कलाकारहरुले नौमती बाजामा धुन प्रस्तुत   गरे भने नेपालबाट आएका गन्धर्व समूहले गीत प्रस्तुत गरे। यसरी स्थानीय कलाकारहरुले राई नृत्य,गुरुङ नृत्य,लिम्बु नृत्य मगर नृत्य आआफ्नो जातीय भेषभुषामा प्रस्तुत गरे। आज (१६ फरवरी)देखि शुरु भएको  तीन दिवासीय दार्जीलिङ ईको टुरिजम एण्ड कल्चर फेस्टिभल १८ फरवारीसम्म सप्पन्न  हुने जानकारी आयोजक समितिका सभापति  पक्षमा पदम गुरुङले  जानकारी दिएका छन्। कार्यक्रममा पूर्व नेपालबाट आएका सहभागीहरूले नेवारी खानपानको प्रदर्शनी अनि स्थानीय एसएचजी साथै होमस्टे एसोसिएनका सदस्यहरूले जातीय खानपानहरू पनि बिक्रीमा राखेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement