मणिपुर: चुराचान्दपुरमा एसपी कार्यालयमा तोडफोड, तीनको मृत्यु

Picsart_24-02-16_11-30-57-729-1024x574.jpg

इम्फाल: मणिपुरको चुराचान्दपुरमा पुलिस अधीक्षक कार्यालय छेउ हिंसक भीड़सॅंग भएको झड़पमा तीन प्रदर्शनकारीको मृत्यु भएको छ भने ३५ भन्दा धेरै घाइते भएका छन्। सशस्त्र उग्रवादीहरूसॅंग मिलेर निर्दोष नागरिकहरूमाथि गोलीबारी गर्न कथित रूपमा सामेल एक हेड कन्स्टेबलको निलम्बनपछि शुरू भएको यो विरोध प्रदर्शन हिंसामा परिणत बन्यो।

यस अवधि भीडले चुराचान्दपुरमा उपायुक्त र पुलिस अधीक्षक कार्यालयहरूलाई आगो लगाइदियो। साथै दुवै कार्यालयहरूमा लगाएको राष्ट्रिय ध्वज पनि च्यातिदिए। चुराचान्दपुरमा लगभग ४०० जनाले बिहिवार राति पुलिस अधीक्षक कार्यालयलाई निशाना बनाएको थियो।

मणिपुर पुलिसले आज, शुक्रवार बिहान भने, एउटा भिडियोमा कथित रूपमा हतियारधारी मानिसहरूसॅंग देखिएको जिल्ला पुलिसका एक हेड कन्स्टेबलको निलम्बनपछि केही घण्टामा हिंसा भड्कियो। भीडले सबैभन्दा पहिला चुराचान्दपुर एसपी कार्यालयमा हमला गऱ्यो।

मणिपुर पुलिसले एक्स ह्यान्डलमा भनेको छ, लगभग ३००-४०० को संख्यामा भीडले एसपी चुराचान्दपुरको कार्यालयमा हमला गर्ने र ढुङ्गा हिर्काउने प्रयास गरेको थियो। आरएएफसहित सुरक्षा बलले भीडलाई नियन्त्रित गर्न ऑंसू ग्यासको गोला चलाएर उचित जवाफ दियो। यसपछि स्थिति नियन्त्रित भयो। ‘चुराचान्दपुरको एसपी शिवानन्द सुर्वेले हेड कन्स्टेबल सियामलाल पललाई तत्काल प्रभावका साथ निलम्बित गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement