नयाँ दिल्ली: कारगिल युद्धमा भारतीय सशस्त्र बलहरूको विजयपछि शहीदहरूको स्मरणमा बनाइएको स्मारकको नाम बदली गरिएको छ। कारगिल सेक्टरमा द्रास स्थित पोइन्ट ५१४० को नाम बदली गरी ‘गन हिल’ राखिएको छ। पाकिस्तानको साथ कारगिल युद्धमा आफ्नो घातक र सठीक गोलीबारीको बलमा भारतीय सेनाको आर्टिलरी रेजीमेन्टले दुश्मन सेनालाई आछु-आछ पारेको थियो अनि उनीहरूको रक्षापंक्तिलाई छिन्न-भिन्न गरेको थियो। यस अभियानलाई शीघ्र पूरा गर्नमा यही पोइन्ट ५१४० ले प्रमुख भूमिका निर्वाह गरेको थियो।
आर्टिलरी रेजीमेन्टको तर्फबाट आर्टिलरीका महानिदेशक लेफ्टिनेन्ट जनरल टीके चावलाले द्रासको कारगिल युद्ध स्मारकमा पुष्पाञ्जली अर्पित गरे। उनको साथ पूर्व गनर्स पनि उपस्थित थिए, जसले अभियानमा हिस्सा लिएका थिए। फायर-एण्ड-फ्यूरी कोरका जनरल अफीसर कमाण्डिङ लेफ्टिनेन्ट जनरल अनिन्द्य सेनगुप्ताले पनि पुष्पाञ्जली अर्पित गरे। यो कार्यक्रम सबै आर्टिलरी रेजीमेन्टहरूका पूर्व सैनिकहरूको उपस्थितिमा आयोजित भयो, जसलाई अपरेशन विजयमा सम्मानजनक उपाधि ‘कारगिल’ प्राप्त भएको छ। यस अवसरमा तोपखानाका सेवारत अधिकारी पनि उपस्थित थिए।









