तीनधारेमा जीटीए स्तरीय हिल क्रिकेट टुर्नामेन्ट हुने

IMG-20240216-WA0205.jpg

खरसाङ: तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा हिल क्रिकेट टुर्नामेन्ट शुरु हुने भएको छ। उक्त क्रिकेट टुर्नामेन्ट नवज्योति संघ चुनभट्टीको आयोजनामा हुने भएको छ। नवज्योति संघ चुनभट्टीको पक्षमा पत्रकार सम्मेलन बोलाएर रञ्जित थापाले तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा आगामी २७ फरवरीदेखि जीटीए क्षेत्रभरिका लागि हिल क्रिकेट टुर्नामेन्ट आयोजना गरिने भएको र यसको लागि २२ फरवरीसम्ममा टिमले नाम दर्ता गराउनु पर्ने र नाम दर्ताको लागि ५ हजार शुल्क लाग्ने बताएका छन्। उनले यस हिल क्रिकेट टुर्नामेन्टको विजेतालाई ट्रफीसहित पचास हजार अनि उप विजेतालाई पच्चीस हजार प्रदान गरिने जानकारी गराएका छन्। नवज्योति संघ चुनभट्टीर पक्षमा सभापति मनोहर थापा र अन्यहरू पनि उपस्थित रहेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *