खरसाङमा भारतीय जनता पार्टीको सांगठनिक सभा सम्पन्न

IMG-20240216-WA0204.jpg

खरसाङ: आज खरसाङमी भारतीय जनता पार्टीको सांगठनिक सभा साथै आगामी लोकसभा चुनावलाई लिएर सभा सम्पन्न भएको छ। उक्त सभा भाजपा दार्जीलिङ जिल्ला उपाध्यक्ष एलएम लामा र जिल्ला सचिव सोनाम लामाको सञ्चालनमा सम्पन्न भएको छ। सभामा खरसाङ विधानसभा क्षेत्र अन्तर्गत पर्ने १५ वटा मण्डलहरूका भाजपा प्रतिनिधिहरू उपस्थित रहेका थिए। सभामा पार्टीके सांगठनिक गतिविधिहरू र आगामी लोकसभा चुनाव विषयमा चर्चा परिचर्चा भएको छ। सभामा उपस्थित पार्टीका प्रतिनिधिहरूले विभिन्न लिषयहरूमा चर्चा परिचर्चा गर्दै पार्टीगत विषयमा विचारहरू अादान प्रदान र सर सल्लाहहरु गरिएको जानकारी प्राप्त भएको छ। सभामा सबैको सुनेर जिल्ला उपाध्यक्ष एलएम लामा र जिल्ला सचिव सोनाम लामाले आफ्नो वक्तव्य राखेका थिए। यस सभा विषयमा पत्रकारहरूसित कुराकानी गर्दै जिल्ला उपाध्यक्ष एलएम लामाले अाज खरसाङमा पार्टीको सांगठनिक सभा साथै अागामी लोकसभा चुनाव विषयमा पार्टीको कार्यकर्ताहरूसित चर्चा परिचर्चा गरिएको बताएका छन्। उनले सन्देशखालीमा भएको घटनाको विरोध गर्दै दोषीलाई पक्राउ गरिनु पर्ने मांग गरेका छन्। उनले महिला मुख्यमन्त्री भएको पश्चिम बंगाल राज्यमा नै महिलामाथि यत्ति ठूलो अत्याचार भएको आरोप लगाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement