गोर्खा चेली फूटबल टुर्नामेण्टकोफाइनलमा पुग्न सफल सिक्किमको सोरेंग एफसी

photocollage_2024216181435763.jpg

खरसाङ: महिला फूटबल खेल र खेलाड़ीहरूलाई प्रोत्साहन प्रदान गर्ने लक्ष्यको साथ खरसाङ फूटबल एसोसिएशन (केएफए)-ले युवा मामिला एवम् खेलकुद विभाग, जीटीए-को विशेष सहयोगमा आयोजन गरेको गोर्खा चेली फूटबल टुर्नामेण्टको दोस्रो संस्करणमा सिक्किमको सोरेंग फूटबल क्लबले रोमाञ्चक जीतको साथ फाइनलमा स्थान बनायो। उत्तर बंगालकै सबैभन्दा ठूलो यस महिला टुर्नामेण्टअन्तर्गत चानमारी खेल मैदानमा शुक्रवार खेलिएको दोस्रो सेमिफाइनल म्याचमा सोरेंग एफसी-ले ओडिशाको नीता फूटबल एकाडमी (एनएफए)-लाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट लाकु भूटिया र सुश्मिता लेप्चाले गोल गरिन्। सोरेंग एफसी-की सुश्मिता लेप्चालाई प्लेयर अव् द म्याच चयन गरियो, जसलाई आजका अतिथि पेमेन्द्र गुरुङ (अध्यक्ष, खरसाङ ब्याडमिण्टन एसोसिएशन)-को बाहुलीबाट पुरस्कार प्रदान गरियो। अब आइतवार (१८ फरवरी) खेलिने फाइनलमा सिक्किमको सोरेंग एफसी र तमिलनाडु पुलिसबीच भिड़न्त हुनेछ।

आयोजक केएफए-का महासचिव सुदीप राईले बताएअनुसार, टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद राशि प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *