खरसाङ क्षेत्रमा १०३५ जनाले दिए पहलो दिनको उच्च माध्यमिक परीक्षा

IMG-20240216-WA0183.jpg

खरसाङ: पहाड़मा आजदेखि शुरु भएको उच्च माध्यमिक परीक्षा अन्तर्गत खरसाङमा यसपाली विभिन्न विषयहरूमा जम्मा १०५१ जनाले परीक्षा दिईरहेका छन्। त्यसमा बालकहरू ४७७ जना र बालिकाहरू जम्मा ५७४ जना रहेका छन्। यसपाली खरसाङमा पुष्परानी, आदर्श, सन्त अल्फसेस, सन्त जोसेफ, रामकृष्ण र स्कट मिशनमा उच्च माध्यमिक परीक्षाको सेन्टर रहेका छन्। यस अन्तर्गत आज पहिलो दिन नेपाली, हिन्दी, बंगला र अंग्रेजी भाषा विषयको परीक्षामा जम्मा १०३५ जनाले परीक्षा दिएका छन्। यसमा बालकहरूमा नियमित ४६१ जना, सीसी २ जना एसपीसी ५ जना गरी जम्मा ४६८ जनासामेल छन् भने नियमित ४ जना अनि सीसी र एसपीसी १-१ जना अनुपस्थित रहेका छन्। त्यसरी बालिकाहरूमा नियमित ५५१ र सीसी १७ जना गरी जम्मा ५६७ जना छन् जसमा नियमित र सीसी १-१ जना अनुपस्थित रहेको खरसाङको स्कूल सह निरीक्षक रोशनी सार्कीले जानकारी दिएका छन्। उनले बताए अनुसार यसपाली खरसाङ क्षेत्रमा उच्च माध्यमिक परीक्षा दिने विद्यार्थीहरू जम्मा १०५१ जना रहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement