राज्यका ९१३ परीक्षा केन्द्रहरूमा आजदेखि शुरू भयो हाई स्कूलको परीक्षा

IMG-20240216-WA0189.jpg

गुवाहाटी: केही महत्वपूर्ण परिवर्तनहरूसितै शुक्रवारदेखि असममा हाई स्कूलको परीक्षा शुरू भयो। यसपालि राज्यभरिका ९१३ परीक्षा केन्द्रहरूमा ४ लाख २५ हजारभन्दा अधिक परीक्षार्थीहरूले परीक्षा लेखिरहेका छन्।

परीक्षाको पहिलो दिन आज अंग्रेजी भाषाको परीक्षा सम्पन्न भयो भने अन्तिम परीक्षा आगामी ४ मार्चमा हुनेछ।

यस वर्ष पहिलो पटक म्याट्रिक परीक्षामा ओएमआर शीटको व्यवस्था गरिएको छ। गणित, अंग्रेजी, सामान्य विज्ञान औ सामाजिक विज्ञानमा एउटा ओएमआर शीट हुनेछ भने ओएमआर शीटमा ५० प्रतिशत प्रश्न हुनेछ। ओएमआर शीटमा १ अंकको ४५ वटा प्रश्नहरू हुनेछन्। अर्को भिन्नै पुस्तकमा परीक्षार्थीहरूले ४५ अंकको लामो प्रश्नको उत्तर लेख्नुपर्नेछ। अर्थात परीक्षार्थीहरूलाई ४५-४५ अंकको दुईवटा प्रश्न पत्र दिइनेछ।

विषयहरूको प्र्याक्टिकल परीक्षा १० अंकको हुनेछ। ओएमआर शीट प्रयोग गर्ने केही नियमहरू बनाइएको छ। पछिल्लो वर्ष गणित, अंग्रेजी, सामान्य विज्ञान र सामाजिक विज्ञान विषयमा ५० प्रतिशत प्रश्नहरूलाई वस्तुनिष्ठ बनाइएको थियो भने यस वर्ष अब्टेक्टिभ प्रश्नको लागि उत्तर पुस्तिकाको सट्टा ओएमआर शीटको व्यवस्था गरिएको छ। प्रत्येक ओएमआर शीटमा परीक्षार्थीको नाम अनि रोल नम्बर अंकित हुनेछ।

उल्लेखनीय छ, सेबाले पहिला नै ओएमआर शीटको नमूना प्रकाशित गरिसकेको थियो ताकि परीक्षार्थीहरूलाई सहज होस्। केही विद्यालयहरूले विद्यार्थीहरूको सुविधालाई मध्यनजर गर्दै छः महिनाको स्कूल परीक्षामै ओएमआर शीट प्रयोग गरेका थिए। सेबाले एडमिट कार्डको पछाड़ि ओएमआर शीट प्रयोग गर्ने तरिकामाथि नीतिगत दिशानिर्देश उल्लेख गरेको छ। शिक्षा विभागले भनेको छ, ओएमआर शीटको प्रयोगले उत्तर पुस्तिकाहरू जाँच गर्न कम समय लाग्छ फलस्वरूप पहिलाको तुलनामा फलाफल अगाड़ि नै प्रकाशित गर्न सकिन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement