तृणमूल विधायक इदरीश अलीको निधन

Screenshot_20240216_151356_Chrome.jpg

काेलकाता:तृणमूल कंग्रेसका पूर्व सांसद औ निवर्तमान विधायक इदरीश अलीको शुक्रवार भोर बिहान निधन भयो। उनी विगत लामो समयदेखिकै क्यान्सर जस्तो घातक रोगसित जुझ्दै आइरहेका थिए।

उनलाई एक निजी अस्पतालमा भर्ती गरिएको थियो जहाँ उनले अन्तिम सास लिए। ७३ वर्षीय इदरीशको निधनले तृणमूल खेमा शोकमा डुबेको छ। मुख्यमन्त्री ममता ब्यनर्जीले उनको निधनमा शोक व्यक्त गर्दै दिवंगत विधायकका परिवारप्रति संवेदना व्यक्त गरेकी छन्। इदरीशको पारिवारिक सूत्र मुताविक उनको अन्तिम संस्कार शुक्रवार पार्क स्ट्रीट श्मशानमा गरिने छ।

इदरीश मुर्शिदाबादको भगवानगोला सीटबाट विधायक थिए। यद्यपि कोभिड संक्रमणको कारणले उनलाई वर्ष २०२१ को विधानसभा चुनाउमा प्रचार गरेको देखिएको थिएन। तथापि उनले आफ्नो निकटतम प्रतिद्वन्द्वीलाई एक लाखभन्दा अधिक भोटको अन्तरले परास्त गरेका थिए। उनको निकटवर्ती सूत्र अनुसार कोभिड संक्रमित भएपछि इदरीशको शरीर कमजोर भएको थियो। उनलाई हिँड़्न-डुल्न पनि समस्या भइरहेको थियो। राज्य विधानसभाको बजेट सत्रमा उनले एक दिन पनि भाग लिन सकेनन्।

इदरीशले आफ्नो राजनीतिक यात्रा कंग्रेसबाट शुरू गरेका थिए। उनलाई कंग्रेसभित्र सोमेन मित्राको ””निकटवर्ती””- मानिन्थ्यो। सोमेनकै हात समातेर उनी तृणमूलमा आएका थिए। वर्ष २०११ को विधानसभा चुनाउमा उनलाई मुर्शिदाबादको जलांगी सीटबाट तृणमूल उम्मेद्वार बनाइएको थियो, तर त्यसताक उनले जित हासिल गर्न सकेनन्। वर्ष २०१४ मा राज्यको सत्ताधारी पार्टीले उनलाई बशिरबाट लोकसभा क्षेत्रबाट उम्मेद्वार बनाएको थियो। यस चुनाउमा भने उनले जित हासिल गरेका थिए। यद्यपि २०१९ मा उनलाई टिकट दिइएन। त्यस उपरान्त उनलाई उलुबेरिया पूर्व विधानसभा निर्वाचन क्षेत्रको उपचुनाउमा नामांकित गरिएको थियो। यस उपचुनाउमा जित हासिल गरेर उनी विधानसभामा पुगेका थिए। वर्ष २०२१ को विधानसभा चुनाउमा तृणमूलले उनलाई भगवानगोला सीटबाट उम्मेद्वार बनाएको थियो।

एकजना राजनेता हुनका साथै इदरीशले आफ्नो पेशागत जीवनमा कलकत्ता उच्च न्यायालयमा एकजना अधिवक्ताको रूपमा पनि प्रसिद्धि हासिल गरे। यस अतिरिक्त उनको पारिवारिक बेकरीको व्यवसाय थियो। उनको परिवारमा उनकी पत्नी, दुई छोरी र एकजना छोरा छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement