पेन्ट फ्याक्ट्रीमा आगो लाग्दा ११ जनाको मृत्यु

16delhi-fire1.jpg

नयॉं दिल्ली: राजधानी दिल्लीको अलीपुर क्षेत्रमा एउटा पेन्ट फ्याक्ट्रीमा आगो लाग्दा ११ जना मजदूरको मृत्यु भयो। दमकल विभाग अनुसार, हिजो सॉंझ लगभग ५:२५ बजी आगो लागेको सूचना प्राप्त भएको थियो।

फ्याक्ट्रीमा थिनरको ड्रम पनि राखिएको थियो। यस कारण फ्याक्ट्रीमा विस्फोट भयो। यसपछि, आगो द्रूत गतिमा छेउछाउका घरहरू र एउटा नशा मुक्ति केन्द्रसम्म फैलियो। आगोलाई लगभग चार घण्टापछि नियन्त्रित गरियो।

दिल्ली फायर सर्विसेज (डीएफएस) को निदेशक अतुल गर्गले एक्स ह्यान्डलमा उक्त घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले भने, ‘डीएफएसले सर्वोत्तम प्रयास गर्दागर्दै पनि ११ मजदूरको मृत्यु भयो। सॉंझ ५:३० बजी आगो लागेको सूचना प्राप्त भयो। २२ फायर टेन्डर साइटमा थियो। विस्फोटका कारण भवन भत्कियो र मजदूरहरू फ्याक्ट्रीभित्र फॅंसे। उनीहरूलाई बचाउन सकिएन। धेरै दुर्भाग्यपूर्ण दिन।’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *