केन्द्र र किसान सङ्गठनबिच सहमति भएन

IMG-20240216-WA0179.jpg

चौथो बैठक आइतवार

नयॉं दिल्ली: पंजाबका किसान सङ्गठनहरूले आह्वान गरेको दिल्ली अभियानपछि केन्द्र सरकारले बोलाएको तेस्रो चरणको वार्ता पनि बिहिवार राति सहमति बिनै समाप्त भयो। अब चौथो चरणको वार्ता आइतवार सॉंझ चण्डीगढमा हुनेछ।

तेस्रो चरणको वार्ता राति लगभग दुई बजीसम्म चल्यो। बैठकमा केन्द्र सरकारका प्रतिनिधि मन्त्री अर्जुन मुण्डा, पीयूष गोयल र नित्यानन्द राय सामेल भए। पंजाबका मुख्यमन्त्री भगवंत मान, वित्त मन्त्री हरपाल सिंह चीमा र राज्यका अधिकारीहरूले आफ्नो पक्ष राखे।

केन्द्रिय मन्त्री अर्जुन मुण्डाले भने, धेरै मामिलाहरूमा सहमति बनिरहेको छ। केही मागहरूमाथि विस्तारपूर्वक रिपोर्ट तयार गर्नुपर्ने आवश्यकता छ। किसानहरू बातचीतको निम्ति तयार छन्। एमएसपीको अधिसूचना जारी गर्ने र किसानहरूको ऋण माफीलाई लिएर अधिकारीहरूसॅंग रिपोर्ट मागिएको छ। अब १८ फरवरी सॉंझ छबजी चौथो चरणको बैठक हुनेछ।

मुख्यमन्त्री मानले भने, किसानहरूका मागलाई पूरा गर्न राज्य सरकार हर प्रकारको निर्णय लिन तयार छ। किसानहरू आगामी आइतवार चण्डीगढमा हुने बैठकमा सामेल हुन सहमत भएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *