बक्सा व्याघ्र प्रकल्पको राजाभातखावा जङ्गलमा फेरि छोड्यो २९ वटा चितल हरिण

Screenshot_20240216_143617_Samsung-Internet.jpg

अलिपुरद्वार: बाघहरूको लागि भोजन भण्डार सुनिश्चित गर्न बक्सा व्याघ्र प्रकल्पको राजाभातखावा जङ्गलमा आज फेरि २९ वटा चितल हिरण छोडिदिएको छ। बक्सा व्याघ्र प्रकल्पका डीएफडी परवीन कासवानले बताएअनुसार उक्त चितल हरिण बेथुआदाहारी वाइल्ड लाइफ सेन्चुरीबाट ल्याइएको हो। गत ३ वर्षदेखि में लगभग सयवटा चितल हरिण बक्साको जङ्गलमा छोडिसकेको छ। बक्साको जङ्गलमा साम्भर र बार्किंङ हिरण अधिक सङ्ख्यामा रहे तापनि बाघहरूलाई मनपर्ने भोजन चितल हरिणहरूको सङ्ख्या कम्ती रहेको छ। यसैले कमीलाई पुरा गर्नको लागि नै वन विभागले राज्यको विभिन्न अभ्यारण्यबाट चितल हरिणहरू बक्सा जङ्गलमा लैजाने योजना बनाएको हो। हालैमा बक्सा व्याघ्र प्रकल्पको जङ्गलमा ५२ वटा चितल हरिण छोडिसकेको थियो भने आज फेरि वन विभागका अधिकारीहरूको उपस्थितिमा २९ वटा चितल हरिणहरू बक्सा बाघ प्रकल्पको राजाभातखावा जङ्गलको कोर इलाकामा छोडिदिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement