सोनादा: दार्जीलिङको लिम्बू जनजातिमाथि शोध गरेर जाधवपुर विश्वविद्यालयबाट विद्यावारिधी प्राप्त गरेर जमुना सुब्बाले सोनादाको नाम उच्च गरेकी छन्। सोनादा पचेङदेखि मुनिल्तिरस्थित फूलबारी होपटाउन निवासी पिता टीबी सुब्बा अनि माता स्व. सन्तमाया सुब्बाकी छोरी जमुना सुब्बाले स्थानीय शान्तिरानी उच्चतर माध्यमिक विद्यालयबाट शिक्षा आरम्भ गरेर यश वर्ष जाधावपुर विश्वविद्यालयबाट सामाजिक पहिचान निर्माण, स्वतन्त्रतादेखि दार्जीलिङ पहाडको लिम्बू जनजाति विषयमाथि शोधकार्य पूरा गरेर विद्यावारिधी प्राप्त गरेकी हुन्। उनी हाल कलकत्ताको गुरुदास महाविद्यालयमा इतिहास विभागको सहप्राध्यापिकाको रुपमा कार्यरत छन्।











