दार्जीलिङ जिल्लामा ४६२४ जना विद्यार्थीहरू परीक्षा दिन्दै
दार्जीलिङ: अाजदेखि दार्जीलिङ पहाड़मा उच्च माध्यमिक परीक्षा शुरु भएको छ। यसपाली दार्जीलिङ जिल्लामा जम्मा ४६२४ जना उच्च माध्यमिक परीक्षा दिने विद्यार्थीहरू रहेका छन्। जसमा २१५५ जना बालकहरू र २४६५ जना बालिकाहरू रहेका छन्। दार्जीलिङ जिल्लामा यसपाली दार्जीलिङ, खरसाङ, मिरिक, तकदाह, सोनादा, पुल बजार र सुखे पोखरी गरी जम्मा ८ वटा मुख्य केन्द्रहरू रहेका छन् भने २५ वटा सप सोन्टरहरू रहेका छन्। त्यसरी नै यसपालीदेखि पुल बजार र सुखे पोखरी गरी दुईवटा सेन्टरहरू थपिएका छन्। यसपाली दार्जीलिङ जिल्लाबाट जम्मा ६४ वटा विद्यालयहरूबाट विद्यार्थीहरूले उच्च माध्यमिक परीक्षा दिईरहेका छन्। आजदेखि शुरु भएको उच्च माध्यमिक परीक्षा विषयमा बोल्दै दार्जीलिङ जिल्ला सल्लाहकार बोर्ड कमिटीको जोइन्ट कन्भेनर डी मिलन तामाङले पत्रकारहरूसित कुराकानी गर्दै विस्तृत रूपमा बताएका छन्।