मशीनहरू अनित थापाद्वारा प्रदान
खरसाङ: खरसाङ अस्पतालमा फिजियो थेरापीका थप मशीनहरू जड़ान गरिएको छ। खरसाङ महकुमा अस्पतालकाे स्वास्थ्य सेवालाई सुदृढ़ पार्न जीटीए प्रमुख अनित थापाले प्रदान फिजियो थेरापीका मशीनहरू प्रदान गरेको जानकारी प्राप्त भएको छ। खरसाङ महकुमा अस्पतालमा आयोजित रोगी कल्याण समितिको मासिक सभामाझ जीटीएका चिफ् अनित थापाले निजी स्तरमा प्रदान गरेका फिजियो थेरापीका मशीनहरू आज अस्पताललाई हस्तान्तरण गरे। मशीनहरु अनित थापाको तर्फबाट खरसाङका एसडीपीओ आईपीएस पोलुमति सरण्या,ले एसडिएमओ डा. रुबी मण्डललाई हस्तान्तरण गरेकी छन्। बैठकमा नगरपालिकाका उपाध्यक्ष सुवास प्रधान अनि उनको टोली, पावर विभागका अधिकारी, महकुमा शासक कार्यालयका प्रतिनिधिको पनि उपस्थिति रहेको थियो।
हस्तान्तरणको समय डा. मण्डलले अनित थापाप्रति आभार प्रकट गर्दै भनिन्, “अस्पतालमा दुईजना फिजियो थेरापिस्ट छन्। यी मशीनहरू अस्पातालमा उपचारको निम्ति अति नै आवश्यक सामान हुन्। यस्ता मशीन नहुँदा उपचार गर्न समस्या पनि भईरहेको थियो। हामी अझ राम्रोसंग जनतालाई स्वास्थ्य सेवा दिनु सक्ने छौं।”
फिजियो थेरापीको सुविधा चाहने रोगीहरूले उपचारको निम्ति सिलगढी या त निजी च्याम्बरमा जानु पर्ने बाध्यता रहेको छ। अब रोगीहरूले यो सुविधा खरसाङ महकुमा अस्पतालमा नै पाउने भएको छ। अस्पतालका फिजियो थेरापीका विषेशज्ञ नरकीला भोटियाले मशीनको जानकारी दिँदै भनिन्, “विगत महिनामा १२७ जना रोगीहरूको फिजियो थेरापी गरिएको थियो। अस्पतालमा जडान गरिएको नयाँ मशीनहरुमा यूयसटी (UST), टेन्स(TENS), आइएफटी (IFT), आइआइआर (IRR), मसाल इस्टुमेलाटर (Muscle Stimulator) रहेको छ। विभिन्न नशा रोगीहरुको उपचारको निम्ति यी मसिनहरूको प्रयोग हुनेछ। रोगीहरूको उपचार अझ राम्रो हुनेछ।”