रुपे प्राइम भलिबल लीग सीजन ३-मा बेंगलुरु टरपीडोजको विजयी शुरुवात

IMG-20240216-WA0073.jpg

काेलकता: बेंगलुरु टरपीडोजले ए२३ द्वारा सञ्चालित रुपे प्राइम भलिबल लीगको तेस्रो सीजनमा विजयी शुरुवात गर्दै बिहीवार यहाँ जवाहरलाल इण्डोर स्टेडियममा खेलिएको म्याचमा कलकत्ता थण्डरबोल्ट्सलाई ४-१ (१६-१४, १४-१६, १५-१३, १५-१०)-ले पराजित गऱ्यो। थोमस हेप्टिस्टललाई प्लेयर अव् द म्याच पुरस्कारको निम्ति चयन गरियो। म्याचमा कलकत्ता थण्डरबोल्टले राहुलको सुपर सर्वको सहायताले असल शुरुवात गरेको थियो। कप्तान अश्वल राय पार्टीले पनि लय हासिल गर्दै आक्रामक सर्व शुरु गरे। यसले बेंगलुरु टरपीडोजको टीम शुरुवातमा दबाउमा थियो तर प्रशिक्षक डेविड ली-को रणनीतिले बेंगलुरुको टीमलाई म्याचमा फर्कायो। टरपीडोजले पनि सृजनको शक्तिशाली सर्वको सहायताले पोइण्ट्स बटुल्न थाल्यो। त्यसपछि पदार्पण म्याच खेलिरहेका हेप्टिस्टलले आफ्नो चमत्कारी प्रदर्शनद्वारा बेंगलुरु टरपीडोजलाई जीत दिलाए।
पहिलो दुईवटा सीजनको अपार सफलतापछि ए२३ द्वारा सञ्चालित असली एण्टरटेनर रुपे प्राइम भलिबल लीगको तेस्रो सीजन सोनी स्पोर्ट्स नेटवर्कमा तीनवटा भाषा-अंग्रेजी, हिन्दी, तमिल, तेलुगु र मलायलम भाषामा प्रसारित गरिँदैछ। सोनी लिवमा लीगको लाइव स्ट्रीम गरिँदैछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *