सिलगढ़ी: सिलगढ़ीमा आज विश्व मानव तस्करी रोधी दिवसमा एक जागरूकता ऱ्याली सिलगढ़ी महिला पुलिस र स्वयंसेवी संस्थानले संयुक्त रूपमा निकाल्यो। यो ऱ्याली सिलगढ़ी महिला थानाबाट शुरू भयो जसले शहरका प्रमुख मार्गहरूको परिक्रमा गऱ्यो। ऱ्यालीमा स-साना नानीहरू पनि सामेल भए। यस अवधिमा नानीहरूको हातमा प्लाकार्ड लिएर विश्व मानव तस्करी रोधी दिवसमा मानिसहरूमा जागरूकता फैलाइयो।
यस अवधिमा सिलगढ़ी महिला थाना प्रभारी मुमताज बेगम समेत विभिन्न स्वयंसेवी संस्थाहरूको सदस्य उपस्थित रहे। य़स अवसरमा स्वयंसेवी संस्थाको तर्फबाट जानकारी गराइयो, जागरूक भएर नै अपराधमा कमी ल्याउन सकिन्छ किनभने मानिसहरूको अज्ञानताको कारण ट्रेफिकरले मानिसहरूको यस प्रकारको काममा प्रयोग गछन् यसैले सबै जागरूक हुनु धेरै जरूरी छ।










