गोरुबथान: गोरुबथान क्षेत्रमा रहेको प्राचिन शिव मन्दिर हो गुप्तेश्वर मन्दिर। प्रतिवर्ष शिवरात्रीको छेक पारेर भव्यरुपमा पुराण लगाइने गरिन्छ। यस वर्ष पनि छोटा फागु, गोरूबथान स्थित श्री गुप्तेश्वर धाममा आगमी २७ फरवरी देखि ९ मार्च सम्म श्री स्कन्ध पुराण सुसम्पन्न हुन गइरहेको छ। यस पावन अवसरमा गुप्तेश्वर धाम सेवा समितीको तर्फबाट सम्पूर्ण भक्तजनलाई पुराणमा सपरिवार उपस्थित भइ आशिर्वाद ग्रहण गरिदिने अनुरोध गरेको छन्।