मुख्यमन्त्रीद्वारा सिक्किम इन्स्पायर्स योजनाको आरम्भ

IMG-20240216-WA0002.jpg

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिँह तामाङले स्थानीय चिन्तन भवनमा आयोजित एक कार्यक्रममा सिक्किम इन्स्पायर्स सेवा प्रावधान र रिभाइजिंग इकोनोमिक्स योजना शुरु गरे। विश्व ब्यांकको सहयोगमा राज्य सरकारको विकास विभागले शुरु गरेको हो। कार्यक्रममा मुख्यमन्त्री तामाङ प्रमुख आतिथिका रुपमा उपस्थित थिए। मुख्यमन्त्री तामाङले आफ्नो सम्बोधनमा राज्य सरकार र विश्व ब्यांकबीचको पहिलो र अग्रगामी साझेदारीको प्रतिनिधित्व गर्ने पहलबारे उल्लेख गरे। उनले सन् २०२४ देखि सुरु हुने आगामी पाँच वर्षतो यो कार्यक्रमले आर्थिक वृद्धिलाई टेवा पुऱ्याउने महत्वपूर्ण पहलका रुपमा संलग्न हुने बताए। यस कार्यक्रमको सबैभन्दा उल्लेखनीय पक्ष भनेको आर्थिक समावेशीकरण मानिएको बताए। उनले पहिलो पटक वन विभाग, महिला तथा बाल विकास विभाग, सूचना प्रविधि विभाग, वाणिज्य तथा उद्योग विभाग, क्षमता विकास विभाग, ग्रामीण विकास विभाग, पर्यटन तथा नागरिक उड्डयन विभाग र स्वास्थ्य विभाग गरी आठ विभाग र परिवार कल्याण विभाग, योजना तथा विकास विभागको नेतृत्वमा आर्थिक समृद्धिका लागि पारिस्थितिकी प्रणाली निर्माण र सक्षम बनाउन सहकार्य गर्ने बताए। यो बृहत् दृष्टिकोणले रोजगारी तालिम कार्यक्रम, सुदृढ संस्थाहरू, रोजगारी सम्बन्धहरू लगायत क्षमता सेवाहरू प्रदान गर्ने र क्षेत्र साझेदारीलाई प्रवर्द्धन गर्ने बताए। कार्यक्रममा योजना तथा विकास विभागका सचिव रिन्जिङ छेवाङ भोटिया, सिक्किम इन्स्पायर्सका कार्यक्रम निर्देशक रोहिणी प्रधान, अन्ना सी ओडोनेल र बेनेडिक्ट लेरोय, सरोकारवाला र विभिन्न सरकारी अधिकारीहरू उपस्थित थिए। रोहिणी प्रधानले आफ्नो उद्घाटन सम्बोधनमा सिक्किम इन्स्पायर्सलाई विश्व ब्यांकसँग सिक्किम सरकारको पहिलो प्रत्यक्ष साझेदारी भएको कार्यक्रमको रूपमा जानकारी दिइन्। योजना र विकास विभागका सचिव भोटियाले सिक्किमका युवाहरूको आकांक्षा पूरा गर्ने एकल उद्देश्यका साथ सिक्किमको विकासमा विभिन्न सरोकारवालाहरूलाई योगदान दिन सक्षम बनाउन रोजगारी र उद्यमशीलता प्रवर्द्धन सुविधा स्थापना गर्नमा जोड दिए। यसबीच मुख्यमन्त्रीद्वारा मानसिक स्वास्थ्य कार्यक्रमलाई सुदृढ पार्नको लागि सिक्किम मोबाइल एपको शुरु गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *