पर्यटकीय स्थल जलुक नजिक वाहन दुर्घटना, एकको मृत्यु, एक बेपत्ता चार घाइते

10d30942-16eb-4a75-888b-01d29427d819

गान्तोक: पूर्व सिक्किमको भारत-चीन सीमा नजिकैको प्रसिद्ध पर्यटकीय स्थल जलुक नजिक सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने एक व्यक्ति बेपत्ता छन्। वाहनमा सवार अन्य चारजना गम्भीर घाइते भएका छन्। प्राप्त जानकारीअनुसार, जलुक गाउँबाट झण्डै १० किलोमिटर टाढा रहेको गणेक भन्ने ठाउँ नजिक आज दिउँसो दुर्घटना भएको हो। गान्तोकबाट जेएन रोड हुँदै आरएन रोडबाट पाकिम फर्किँदै गरेको एसके ०७पी २७९० नम्बरको बोलेरो गाडीमा दुर्घटना भएको हो। जसमा पाकिम निवासी हिस्से लामु शेर्पाको घटनास्थलमै मृत्यु भएको छ भने थुप्तेन लामु शेर्पा, अभय छेत्री, सकुन्तला, अजित बानियाँ घाइते भएका छऩ्। त्यसैबीच खुसमान सुब्बा भने अझै बेपत्ता छन्। घटनास्थलमा पुगेर क्षेत्रमा  तैनाथ भारतीय सेना, एसएसबीका जवान र स्थानीय बासिन्दा अनि पुलिसकर्मीले  उद्धारपछि उपचारका लागि सैनिक अस्पतालमा ल्याएका घाइतेहरूलाई प्राथमिक उपचार पछि गान्तोक रेफर गरिएको सूत्रले जानकारी दिएका छन्। बेपत्ता खुस्मान सुब्बालाई रातीसम्म खोजिए पनि नभेटेपछि खोजी अभियान स्थगित गरिएको छ भने भोलि पुनः खोजी गरिने बताइएको छ। घटनाको कारण अहिलेसम्म थाहा हुन सकेको छैन। घाइतेमध्ये दुईको अवस्था चिन्ताजनक रहेको बताइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *