रोहित-जडेजाको शतकले तेस्रो टेस्टमा भारतको पल्ला भारी

IMG-20240215-WA0207.jpg

राजकोट: लयमा फर्किने कप्तान रोहित शर्मा (१३१) र रविन्द्र जडेजा (अविजित ११०)-को जोड़ी शतकको सहायताले भारतले ईंग्ल्याण्ड विरुद्ध तेस्रो टेस्टमा आफ्नो स्थिति मजबूत बनायो । टेस्ट म्याचको पहिलो दिन भारतले आफ्नो पहिलो ईनिंग्समा ५ विकेटमा ३२६ रन बनायो। दिनको खेल समाप्त हुँदासम्म रविन्द्र जडेजासँग नाइट वचम्यान कुलदीप यादव (अविजित ०१) अविजित थिए। आज केवल ३३ रनमा ३ विकेटको पतनपछि भारतले लड़ाकू प्रदर्शन गर्दै ईंग्ल्याण्डलाई चेपारोमा पाऱ्यो। कप्तान रोहितले १९६ बल खेलेर १४ वटा चौका र ३ वटा छक्का लगाए जबकि जडेजाले २१२ बल खेलेर ९ वटा चौका र २ वटा छक्का लगाइसकेका छन्। टेस्ट क्रिकेटमा यो रोहितको समग्रमा एघाह्रौं अनि लगभग सात महिनापछि पहिलो टेस्ट शतक हो। यसरी जडेजाले आफ्नो चौथो टेस्ट शतक बनाए। ईंग्ल्याण्डका बलरहरूमा मार्क वुडले सर्वाधिक ३ विकेट हासिल गरे।

सौराष्ट्र क्रिकेट एसोसिएशन स्टेडियममा टस जितेर पहिला ब्याटिंग गर्ने फसेला गर्ने भारतको तर्फबाट सरफराज खान र विकेटकीपर-ब्याटर ध्रुव जुरेलले पदार्पण गरे। पहिला ब्याटिंग गर्ने भारतको फसेला गलत लागिरहेको थियो कारण टीमले ३३ रनमै शीर्ष ३ विकेट गुमायो। लयमा रहने यशस्वी जयसवाल (१०) र शुभमन गिल (शून्य) को साथमा रजत पाटीदार (०५) भटाभट आउट भए। यसमा जयसवाल र गिललाई वूडले आउट गरे। यसरी पाटीदार विपक्षी स्पिनर हार्टलेको शिकार बने। हताशाजनक शुरुवातपछि चाहिँ रोहितले जडेजासँग मिलेर ईनिंग्स मरम्मती शुरु गरे। यी दुईले मिलेर चौथो विकेटको निम्ति २०४ रनको साझेदारी गरी भारतलाई असल स्थितिमा पुऱ्याए। शतक पूरा गरेपछि रोहित विपक्षी पेस बलर वुडको शिकार बने। यसरी भारतले आफ्नो चौथो विकेट २३७ रनको स्कोरमा गुमायो। रोहित आउट भएपछि क्रीजमा ओर्लिने सरफराजले त्यहाँदेखि ईंग्ल्याण्डका बलरहरूलाई पिट्न शुरु गरे। उनले केवल ४८ बलमा आफ्नो अर्द्धशतक पूरा गरे, जुन कुनै पनि भारतीयको पदार्पण टेस्टमा संयुक्त रूपले सबैभन्दा तेज अर्द्धशतक हो। हार्दिक पाण्ड्याले पनि श्रीलंका विरुद्ध आफ्नो टेस्ट पदार्पणमा ४८ बलमै अर्द्धशतक बनाएका थिए।

आत्मविश्वासको साथ खेलिरहेका सरफराज अर्द्धशतक पूरा गरेपछि जडेजाको गल्तीले गर्दा रन आउट भए। उनले ६६ बल खेलेर ९ वटा चौका र एउटा छक्काको साथ ६२ रन बनाए। उनले जडेजासँग मिलेर पाँचौं विकेटको निम्ति ७७ रनको साझेदारी गरे। सरफराज रनआउट भएपछि जडेजाले आफ्नो शतक पूरा गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *