दूरसञ्चार विवाद समाधान तथा पुनरावेदन न्यायाधिकरणले १७ फरवरीमा एक सेमिनार आयोजना गर्ने

IMG-20230410-WA0169-11-300x172-4

गान्तोक: दूरसञ्चार विवाद समाधान तथा पुनरावेदन न्यायाधिकरण (टीडीएसएटी) ले १७ फरवरी, २०२४ मा गान्तोकमा दूरसञ्चार, प्रसारण तथा साइबर क्षेत्रहरूमा नियामक संयन्त्र एवं विवाद समाधान’ माथि एक सेमिनार आयोजना गर्ने कार्यक्रम छ। उक्त जानकारी पीआईबीले प्रेस विज्ञप्तिमा दिएको छ।

सिक्किम उच्च न्यायालयका मुख्य न्यायाधीश न्यायमूर्ति विश्वनाथ सोमद्दर, मुख्य अतिथिका रूपमा यस अवसरमा उपस्थित रहनेछन्। यस अतिरिक्त, सिक्किम सरकारका महाधिवक्ता बसवा प्रभु एस पाटिल सेमिनारमा विशिष्ट अतिथि हुनेछन्। उक्त गणमान्य व्यक्तिहरूले सम्बोधन गर्नुअघि न्यायमूर्ति डीएन पटेल, अध्यक्ष, टीडीएसएटीले स्वागत तथा परिचयात्मक भाषण दिनेछन्।

कार्यक्रममा सिक्किम सरकारका आईटी सचिव योगेन्द्र शर्मा र टेलिकम लायर्स एसोसिएशनका अध्यक्ष मञ्जुल वाजपेयीको उपस्थिति रहनेछन्। सेमिनारमा एक उद्घाटन सत्र र त्यसपछि एक व्यापार सत्र सामेल हुनेछन्।

सेमिनारमा विषय विज्ञहरूका बीचमा विभिन्न सान्दर्भिक तथा उदीयमान मुद्दाहरूमा विचार-विमर्श गरिनेछ। सेमिनारमा वकिल, सरकारी अधिकारी, दूरसञ्चार, प्रसारण तथा सूचना प्रविधि क्षेत्रका विभिन्न सरोकारवालाका प्रतिनिधि लगायतको सहभागिता रहनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *