कतर ओपनबाट हटे रफायल नडाल

IMG-20240215-WA0202.jpg

दोहा: स्पेनका दिग्गज टेनिस खेलाड़ी रफायल नडाल कतर ओपनबाट हटेका छन् कारण कोर्टमा फर्किनको निम्ति उनी अहिले पनि सम्पूर्ण फिट छैनन्। नडालले सोशल मीडियामा लेखेका छन्, म दोहामा खेल्न मन पराउँछु कारण त्यहाँ आयोजकहरूका साथमा दर्शकहरूले मलाई भरपूर साथ दिँदै आएका छन्। दुर्भाग्यले म अहिले प्रतिस्पर्धा गर्न सम्पूर्ण रूपले तयार छुइनँ। यसैकारण दोहा जाने छुइनँ। म वास्तवमा २०१४-को अविस्मरणीय जीतपछि दोहामा खेल्न चाहन्थे। म अहिले लास वेगासमा हुने प्रदर्शनी म्याच र इण्डियन वेल्स टुर्नामेण्टमा खेल्न स्वयंलाई तयार गर्न चाहन्छु। उल्लेखनीय छ, स्पेनका यस ३७ वर्षीय खेलाड़ीले ३ मार्चमा आफ्नै देशका युवा खेलाड़ी कार्लोस अल्काराज विरुद्ध प्रदर्शनी म्याच खेल्नु छ। त्यसपछि उनले क्यालिफोर्नियामा इण्डियन वेल्स टुर्नामेण्टमा हिस्सा लिनु छ। नडाल जनवरीमा एक सालपछि चोटमुक्त भएर प्रतिस्पर्धी टेनिसमा फर्किएका छन्। उनले ब्रिसबेन इण्टरनेशनलमा तीनवटा म्याच खेलेका थिए तर पछिबाट उनले अष्ट्रेलियन ओपनबाट नाम फिर्ता लिएका थिए। त्यसपछि उनले कुनै म्याच खेलका छैनन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *