डीडी र साइबर क्राइमको संयुक्त पहलमा रक्तदान शिविरको आयोजना

सिलगढी: प्रत्येक हप्ता सिलगढी पुलिस कमिश्नरको निर्देशमा रगतको कमीलाई दुर गर्ने उद्देश्य लिएर रक्तदान शिविरको आयोजना गरिएको छ। यसै क्रममा आज सिलगढी मेट्रोपोलिटन पुलिसको डीडी र साइबर क्राइम थानाको संयुक्त पहलमा रक्तदान शिविरको आयोजना गरियो। उक्त शिविरमा ट्राफिक पुलिस कर्मीहरू लगायत साधारण मानिसहरूले रक्तदान गरे भने शिविरमा मोठ ६५ युनिट रगत संग्रह गर्ने लक्ष्य राखिएको छ। उक्त शिविरमा सिलगढी पुलिस कमिश्नर गौरव शर्मा मुख्य रूपमा उपस्थित थिए। कमिश्नर गौरव शर्माले भने, रगतको सङ्कट दुर गर्ने उद्देश्य लिएर प्रत्येक सप्ताह सिलगढी मेट्रोपोलिटन पुलिसको तर्फबाट रक्तदान शिविरको आयोजना गर्दै आइरहेको छ। आज डीडी र साइबर क्राइमको तर्फबाट रक्तदान शिविरको आयोजना गरिएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement