संसारमै लुप्त भइसकेको सन्तुकको पुर्बङ पौद्दा माथि कार्यशाला सम्पन्न

NSH_2396

कालेबुङ: विश्वमा नै एक मात्र स्थान  कालेबुङको सन्तुक मिरिकमा पाइने  ‘पुर्बाङ’  जसको वैज्ञानिक नाम (ट्रच्याकारपस लेटिसेकटस)पौद्दा माथि आज कार्यशाला सिन्कोनाबगान निर्देशालय अनि बोटानिकल सर्वे अफ  इण्डिया सिक्किको संयुक्त आयोजनामा  कालेबुङको अप्पर  सन्तुक प्राथमिक पाठशालामा सप्पन्न  भयो। सांसारबाट नै प्राय लुप्त भइसकेको यो जातिको पुर्बाङ पौद्दा केवल यो सानो सन्तुक मिरिक भेकमा मात्र पाइने कुराको पुष्टि भर्खरै  डा.राजीव गोगई  बोटिनिकल सर्वे अफ इण्डिया सिक्किमका निर्देशकको क्यु गार्डन इंग्ल्याण्डको भ्रमण पछि पुष्टि भएको छ। सन् १९९२ मा रोयल बोटानीकल गार्डन स्कटल्यान्डका वैज्ञानिक डाक्टर हेन्री नोल्टी अनि डेभिड राई साक्युङ बस्ती पेदोङ निवासी दुईको प्रयासमा सन्तुक मिरिकका भीरपखेरामा भएका पुर्बाङका बोटहरूको अध्ययन गरी केवल सन्तुक मिरिक भेकमा मात्र यो पौद्दा पाइने पुष्टि गरेका थिए। त्यसपश्चात् बर्षेनी यस पौद्दाको बिजन विभिन्न श्रोतकर्ताहरुले लाने गरेको स्थानीय बासिन्दाहरुले पुष्टि गरेका छन्। यस्तो पौद्दाको सरक्षण अनिवार्य  रहेकोले गर्दा सिन्कोना बगान निर्देशक डा. समुएल राई अनि बोटानिकल सर्वेअफ इण्डिया सिक्किमका निर्देशक डा.राजीव गोगईले स्थानीय ग्रामवासीहरुलाई  लिए सन्तुक मिरिकको पुर्बाङलाई  सरक्षण गर्ने अनि विस्तार गर्न एक कार्यशाला प्रथम खुटकिलोको रुपमा आज सम्पन्न  गरेका थिए।यस कार्यक्रमलाई सफल बनाउन सन्तुक ग्राम पन्चायतका सदस्यहरू अनि पंचायत समितिका सदस्यहरूको पनि उपस्थित रहेको थियो। यस कार्यक्रममा सबैजनाले पुर्बाङ पौद्दालाई सन्तुक मिरिकको बासिन्दाहरुको निम्ति आयश्रोत  नै बनाउने प्रण  गरे यसको निम्ति यस पौद्दालाई बोटानिकल टुरिजमसँग जोडेर यसको पौद्दाको प्रोडशन बृहत रूपमा गरि स्थानीय बेरोजगार युवाहरुलाई रोजगारको अवसर प्रदान  गर्न  डेभिड राईले ग्रामवासीहरूसित सुनुचित गरे। सबैभन्दा खुशीको कुरा क्यु गार्डन, रोयल बोटोनिकल गार्डन इडीनबडा, बोटानीकल सर्वे अफ इण्डिया अनि सिन्कोना अनि औषधीय पौद्दाहरूको निर्देशालयबाट  यसरी विश्वमा कहिं पनि  नपाइने, तर सन्तुक मिरिक जस्तो एउटा सानो गाउँमा मात्र पाइने भन्ने कुरोले यस गाउँका बासिन्दाहरु अति नै हर्षित भएका छन्। डा.राई अनि डा. गोगोईले यसको संरक्षण अनि विस्तारको निम्ति भरसक प्रयास गर्ने ग्रामवासीलाई वचन  दिएका छन्। सिन्कोना निर्देशालयद्वारा  सप्ताहव्यापी उद्यान पालन कार्यक्रम मार्फत गाउँवासीहरूलाई आरुचा, आडु, नसपति, आईफल, ओखरका बिरुवाहरू आज वितरण गरियो। उक्त कार्यक्रम १३ अनि १४ फरवारीमा रिम्बीक सिरीखोला, लाभा, कालेबुङ शहर, मङवा, दार्जीलिङ मिरिक जस्ता ठाँउहरुमा पनि वितरण गरिएको समाचार प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement