स्थायीकरणको प्रक्रियालाई विलम्ब गर्न विपक्षी दलले वाधा अडचन सृजना गर्ने प्रयास गर्दैछः जेकब खालिङ

IMG-20240215-WA0225.jpg

गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले आज राजधानीस्थित मुख्यालयमा एक पत्रकार सम्मेलनको आयोजना गऱ्यो। आजको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पार्टीका प्रवक्ता जेकब खालिङले चार वर्षदेखि विभिन्न विभाग अनि परियोजनाहरूमा काम गरिरहेको र चार वर्ष पुगेका अस्थायी कर्मचारीहरूलाई स्थायीकरण गर्ने नीति निर्माण गरेको बताए।

विशेष गरेर कर्मचारीहरूलाई न्याय दिएकोमा उनले मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति कृतज्ञता व्यक्त गर्दै धन्यवागद दिए। आफ्नो सरकारकालमा यो नीति बनाउन इच्छाशक्ति नराख्नेहरु अहिले गरीब जनताले सुख पाएको हेर्न नसक्नेहरुले विभिन्न प्रकारको भ्रम फैल्याउँदै सरकारलाई वाधा अडचन सृजना गरेर स्थायीकरणको प्रक्रियालई विलम्ब बनाउने भरपुर प्रयास गरिरहेको दावी गरे। सामाजिक सञ्जालमा विपक्षी दलहरूले यसलाई चुनावी स्टन्टको संज्ञान दिइरहेको तर यो महत कार्य पटक्कै चुनावी स्टन्ट नरहेको उनले दावी गरे।

सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले सरकार गठन गर्नसाथै ६ फरवरी, २०२० अधिसूचना जारी गर्दै आठ वर्ष पुगेकाहरूलाई स्थायीकरण गर्ने नीति बनाएको बताए। उक्त अधिसूचना अन्तर्गत ४११ जना स्थायीकरण भएको जानकारी गराए। लामो समयदेखि शिक्षाको क्षेत्रमा सेवा पुऱ्याउँदै आएका अस्थायी शिक्षकहरूलाई स्थायीकरण गर्न २०२१ मानै नीति बनाएको थियो, जसअन्तर्गत १०१३ शिक्षकहरू स्थायी बने। यो कुनै चुनावी स्टन्ट नभएर जनतालाई सेवा दिने प्रक्रिया रहेको अवगत गराए।

स्थायी हुनअघि कागज पत्र जाँच हुन्छ, सबैको कागज पत्र सही भए कोही पनि स्थायी हुनदेखि वञ्चित नहुने दावी गरे। वर्तमान सरकारले स्थायीकरणको नीति बनाएर सबैलाई न्याय दिएको उनले किटान गरे। १९ मार्च, १९९६ मा अस्थायी प्रोफेसरकोरूपमा नियुक्ति भएका डा. पङ्कजकुमार दासले २८ वर्षसम्म सेवा पुऱ्याए। तर २८ वर्ष सम्म उसको परिवारमा कस्तो अवस्था आयो त्यो विपक्षी दलसँग जवाफ नभएको ठोकुवा गरे। डा. लक्ष्मी राई ७ दिसम्बर २००० नियुक्ति भएकी थिइन् र अहिले २४ वर्ष पछि उनी स्थायीकरण भएको बताए।

यसको साथै सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले शिक्षाको क्षेत्रमा घोटाले गऱ्यो भन्ने कोमल चामलिङको वयानको पनि उनले तीब्ररूपमा खण्डन गरे। “यो अन्तिम विधानसभा हो भनेर कोमल चामलिङले दिएको वयान गलत रहेको बताए। तर पवन चामलिङको विधानसभा अन्तिम रहेको हुन सक्ने सम्भावना व्यक्त गरे।

यसरी नै प्रवक्ता दिले नामग्याल बर्फुङपाले विपक्षी दल एसडीएफ पार्टीले बाहिरबाट तत्वहरु ल्याएको भन्छ तर सिक्किममा त्यति बेसी दबाइ कारखानाहरु बनियो तर सिक्किमेलीलाई नि:शुल्क औषधि दिनुपर्छ भनेर कहिले नभनेको बताए। मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यको स्वास्थ्य क्षेत्रलाई सुदृड़ गर्ने उद्देश्यमा काम गरिरहेको उनले जानकारी गराए। यस अवसरमा सञ्जय दिलपाली राई, विकास बस्नेत, योगेन तामाङले पनि सम्बोधन गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *