गान्तोक: भारत सरकारको पूर्वोत्तर क्षेत्र विकास तथा सहकारिता राज्यमन्त्री बीएल वर्मा आज दिउँसो बागडोग्रा हवाई अड्डामा अवतरण गरे। राज्यमन्त्री १५ देखि १६ फरवरीसम्म दुई दिनको लागि सिक्किमको भ्रमणको निम्ति आएका हुन्। उनले १६ फरवरी गान्तोकको राजभवनमा हाम्रो संकल्प-विकसित भारत, पुष्पित सिक्किम को उद्घाटन कार्यक्रममा सहभागिता जनाउने भएका छ्न्। मन्त्रीसँगको अतिरिक्त पीएस डा. सत्येन्द्र नायक र सञ्जीब बर्मा पनि साथमा रहेका छन्। आज उनलाई सिलगढी प्रोटोकल यूनिटका अधिकारीहरूले स्वागत जनाए।










