मन्त्री केएन लेप्चाले झण्डा हल्लाएर विद्यार्थीहरूलाई कोलकत्ता पठाए

IMG-20240215-WA0222.jpg

गान्तोक: विद्यार्थीहरूको समग्र विकास सुनिश्चित गर्ने राज्य सरकारको दृष्टिकोणलाई साकार गर्दै राज्यका सबै सरकारी माध्यमिक र वरिष्ठ माध्यमिक विद्यालयहरूका नवौ र एघारौ श्रेणीमा उत्कृष्ट अङक हासिल गरेका विद्यार्थीहरूलाई एक्सपोजर भ्रमणको निम्ति प्रस्थान गराइयो। राज्य सरकारको शिक्षा विभागको पहलमा आयोजना गरिएको यस कार्यक्रमलाई मन्त्री कुङ्गा निमा लेप्चाले एसएनटी परिसरबाट झण्डा हल्लाएर प्रस्थान गराए। आज कूल ९१ जना विद्यार्थीहरू कोलकत्ता र डिगा भ्रमणको निम्ति गएका हुन्। यसरी नै नवौं श्रेणीका २११ जना उत्कृष्ट अङ्क हासिल गर्ने सरकारी विद्यालयहरूका विद्यार्थीहरूलाई राज्यभित्रको विभिन्न स्थानको भ्रमण गराउने भएको छ। यसरी नै नाम्ची,सोरेङ र गेजिङका विद्यार्थीहरूलाई आगामी १९ फरवरीदेखि भ्रमणमा पठाउने योजना रहेको छ। विद्यार्थीहरुलाई सम्बोधन गर्दै मन्त्री कुङ्गा निमा लेप्चाले नवौं र एघारौं श्रेणीमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई बधाई दिए। उनले विद्यार्थीहरुलाई सोही जोशका साथ आगामी दिनमा अझ धेरै उपलब्धि हासिल गर्न सुझाव दिए। मन्त्रीले एक्स्पोजर भ्रमणले विद्यार्थीलाई शैक्षिक क्षेत्रमा उत्कृष्ट बनाउन प्रोत्साहित गर्ने सरकारको पहल भएको बताए। मुख्यमन्त्री प्रेमसिंह तामाङले विद्यार्थीलाई राज्य भित्र र बाहिरका महत्वका स्थानहरु चिनाउने अवसर प्रदान गर्ने गर्ने राम्रो पहल गरेको मन्त्रीले बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *