पाकिम जिल्लाका प्रिसाइडिङ र पोलिङ अधिकारीहरूलाई लिएर प्रशिक्षण

IMG-20240215-WA0223.jpg

गान्तोक: पाकिम जिल्लाका प्रिसाइडिङ र पोलिङ अधिकारीहरूलाई लिएर दोस्रो चरणको प्रशिक्षण कार्यक्रम सम्पन्न भयो। विशेष गरेर आगामी दिनमा सम्पन्न हुने सिक्किम विधानसभा र लोकसभा चुनाउलाई सफलतापूर्वक सम्पन्न गराउन हेतु हाल राज्यको सबै जिल्लाका प्रिसाइडिङ र पोलिङ अधिकारीहरूलाई प्रशिक्षण प्रदान गर्ने काम भइरहेको छ।

आज पाकिम जिल्ला अन्तर्गत रूअर्वन कम्पलेक्समा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा कूल १२१ जनाले सहभागिता जनाएका थिए। यस अवसरमा सोरेङ जिल्लाका अतिरिक्त जिल्लापाल धिराज सुवेदीले प्रशिणार्थीहरूलाई सैद्धान्तिक प्रशिक्षण दिएका थिए।

सोही प्रकारले महिला एवम् वाल विकास विभागका सहायक आयुक्त पीएन प्रधानले वरिष्ठ नागरिक र शारिरिकरूपमा असक्षम व्यक्तिहरूलाई चुनाउ प्रक्रियामा सहभागिता जनाउनको निम्ति सचेत गराए। यसरी नै सोरेङ जिल्लाका महकुमा अधिकारी सनी खरेलले इभीएम प्रशासन र भीभीपीएटबारे जानकारी गराए। तीन दिनको प्रशिक्षण सत्रमा सहभागीहरूलाई मतदान पार्टी र मतदान दिवसको दिन व्यवस्थालगायत विभिन्न विषयमा राम्ररी प्रशिक्षण प्रदान गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *