वसन्त पञ्चमी र भ्यालेन्टाइन डेको अवसरबाट शुरू भयो कविता साँझ

IMG-20240215-WA0199.jpg

गान्तोक: हिँउदो पछि शुरू हुने सुन्दर वसन्तको मौसाम वसन्त पञ्चमी र भ्यालेन्टाइन दिवसको अवसर पारेर गान्तोकबाट कविता साँझ शुरू भएको छ। सिक्किमको राजधानी गान्तोकको हस्टपिटल डाँडामा चिलइनमा मकलमा आगो बालेर साँझमा भेला भएका कविहरूले कवितासितै जीवन र जगतका कुरा तथा प्रेम अनि साहित्यका बारेमा आफ्नो विचार आदान प्रदान गरेका थिए। आरजे प्रबलद्वारा सञ्चालित कविता साँझमा कवि प्रवीण खालिङ, कवि निलम गुरुङ र कवि दावा योञ्जनले प्रेमिल कवितासितै सान्दर्भिक कविताहरू सुनाएका थिए। कविता साँझ आयोजन गर्नुको उद्देश्यबारे प्रबलले बोल्दै अनौपचारिक रूपमा भेटघाट गर्ने र कविता साहित्यबारे खुलेर कुरा गर्ने माहोलको रूपमा यसलाई तयार गरिएको बताए। उनले यसलाई निरन्तरता दिने पनि जानकारी दिए।प्रेम जीवनको आधार रहेको बताउँदै कवि प्रवीण खालिङले प्रेम गर्नु पर्ने अनि प्रेमले मान्छेलाई असल बनाउने मन्तव्य व्यक्त गर्दै कविता सुनाए। साँझ पछि रात छिप्पेसितै कविताले प्रेमिल आयमबाट समसामयिक र अनन्तको भोगाईको स्थितिहरूमा पनि उक्लिँदै गएको थियो।प्रथम पोयट आइडल तथा युवा कवि निलम गुरुङले प्रेमबारे आफ्नो अनुभव साझा गर्दै भावि श्रीमानमा हुनुपर्ने गुणहरूको प्रसंग जोडेर कविता पस्किन्। उनले प्रेमको अनुभव तिता मिठा रहेको तर प्रेम गर्ने कही कतै हिम्मतसम्म नहुने स्थितिहरू सिर्जाना भएको कुरालाई पनि राखिन्।यसैगरि कवि दावा योञ्जनले प्रेम गरेको अनि आफूले प्रेम गरेको मान्छे नै जीवनसाथी बन्न पुगेको सुखद अनुभवसितै कवितामा उपस्थित प्रेमको प्रसंगलाई पनि रोचक ढङ्गमा प्रस्तुत गरे।कार्यक्रममा समाजको स्थिति नेपाली भाषीहरूको अवस्था सिक्किम दार्जीलिङको स्थिति अनि भाषा साहित्य समाजको अवस्थाबारे पनि कविहरूले समालोचना गर्दै कविता मार्फत आफ्ना आग्रहहरू पस्केका थिए। कवि साहित्यकारहरूले मरिञ्जेलसम्म इमान्दार भएर लेखे सरह प्रतिनिधित्व गर्ने वर्गले पनि आफ्नो कर्म र बचनहरूमा इमान्दार भइदिनुपर्ने आग्रह पनि कविता साँझले अघि सारेको थियो। कार्यक्रममा साहित्यकार, पर्यावरणविद्, युवा संगीत, साहित्य प्रेमीहरूको उपस्थिति रहेको थियो भने विशेष रूपमा देश विदेशमा बस्ने श्रोता दर्शकहरूको निम्ति प्रत्यक्ष प्रसारण मार्फत् कार्यक्रमलाई पस्किने नयाँ प्रयासको रूपमा नै कविता साँझ रहेको सहजकर्ता प्रबल राईले बताएका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *