सिम्बोडियम अर्डिकमा रंगमूकको चन्द्रमानधुराको बान्तावा नर्सरीका सुजय राई प्रथम र तेस्रो पुरस्कार जित्न सफल

IMG-20240215-WA0197.jpg

सोनादा: सोनादाको रंगमूक चन्द्रमानधुरा निवासी बान्तावा नर्सरीका सुजय राईले फूल प्रदर्शनीमा प्रथम र तेस्रो स्थान प्राप्त गरेका छन्। सिलगढीको कञ्चनजंघा स्टेडियममा हर्टिकल्चर सोसाइटीद्वारा आयोजित सिम्बोडियम अर्किड प्रदर्शनी प्रतियोगितामा सोनादाको रंगमूक चन्द्रमानधुरा निवासी बान्तावा नर्सरीका सुजय राईले प्रथम र तेस्रो पुरस्कार हाँसिल गर्न सफल बनेका छन्। उक्त सिम्बोडियम अर्किड प्रदर्शनीमा जम्मा चारवटा समूहमा रहेको थियो जसमा बान्तावा नर्सरीको सुजय राईले दुईवटा पुरस्कारहरू पहिलो र तेस्रो पुरस्कारहरू जित्न सफल बनेको जानकारी अर्पण राईले दिएका छन्। उनले बताए अनुसार यस प्रतियोगिताको पुरस्कार आगामी २० फरवरीको दिन वितरण गरिने भएको छ।

सोनादाको रंगमूक चन्द्रमानधुरा निवासी बान्तावा नर्सरीका सुजय राईले २०१७ देखि नै आफ्नो बान्तावा नर्सरी शुरू गरेका थिए भने यस नर्सरीमा सिम्बोडियम अर्डिकसितै विभिन्न प्रकारका फूलहरू पनि राखिएको र फूलखेतीबाट स्वनिर्भर र स्वरोजगारको राम्रो उदाहरण प्रस्तुत गरिएको बताइएको छ। यस नर्सरीबाट सुजय राईले योभन्दा पहिला पनि धेरै पुरस्कारहरू जितिसकेको जानकारी पनि प्राप्त भएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *