मारभिक स्पोर्टिंग क्लब र हिमालयन फूटबल क्लब विजयी

३० जुलाईः दार्जीलिङ गोर्खा हिल स्पोर्टस एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीग कम् नक्आउट फूटबल प्रतियोगितामा शनिवार दुईवटा म्याच खेलियो। दिनको पहिलो म्याचमा मारभिक स्पोर्टिंग क्लबले सनराइज स्कूललाई ५-२-ले पराजित गऱ्यो। ग्रुप एफ-को यस म्याचमा विजेता टीमबाट छोगेल तामाङले ह्याट्रिकसहित ४ गोल गरे। यसबाहेक एक गोल मनोज सुब्बाले छिराए। यसरी नै सनराइज स्कूलबाट केवल राई र ग्याल्छेन तामाङले १-१ गोल गरे। यसरी नै दोस्रो म्याचमा हिमालयन फूटबल क्लबले दार्जीलिङ फूटबल क्लबलाई ६-०-ले पराजित गऱ्यो। ग्रुप जी-को यस म्याचमा विजेता टीमबाट मेण्डिस मंगर एक्लैले ५ गोल गरे। यसबाहेक बालाकले १ गोल छिराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement