सन्देशखाली जाँदै गर्दा विपक्षी नेता सुभेन्दु अधिकारी हिरासतमा

Shubendu-Adhikari-1

उत्तर  २४ परगना: पश्चिम बंगाल विधानसभाका विपक्षी नेता सुभेन्दु अधिकारीसहित चार विधायकहरूलाई सन्देशखाली जाने बाटोमा रामपुर गाउँमा पुलिसले हिरासतमा लिएको छ। रामपुरमा विरोध प्रदर्शनका क्रममा विधायकमाथि कुटपिट रेको सुभेन्दु अधिकारीको आरोप छ। संचारमाध्यमसँग कुरा गर्दै भाजपाक नेता सुभेन्दु अधिकारीले आफू अदालत जाने र पूर्ण कानूनी अधिकार लिएर फर्कने बताएका छन्। उनले भने, ‘भोलि, म कोलकाता उच्च अदालतमा जान्छु, मलाई कसैले रोक्न सक्दैन। म अदालत जान्छु, र पूर्ण कानूनी अधिकार लिएर फर्कन्छु।पश्चिम बंगाल सरकारले सन्देशखालीलगायत सात ग्राम पञ्चायतको ५०० मिटर क्षेत्रमा सीआरपीसीको धारा १४४ पुन: लागू गरेको छ। सुभेन्दु अधिकारीले भने, ‘हाम्रो मिशन त्यो ठाउँ (सन्देशखाली) गएर पक्राउ परेकाका परिवारलाई भेट्ने हो। उनीहरूको व्यवहारअनुसार जवाफ दिनेछौं। तर हामी कानून पालन गर्ने मानिसहरू हौंl’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *