चोपड़ा मामिलामा ममताले बीएसएफलाई लक्षित गर्दै भनिन्: सजाय हुनुपर्छ

1000564628.jpg

काेलकाता: दुई दिनअघि चोपड़ामा बीएसएफको नालीमा पुरिएर चारजना नानीहरूको मृत्यु भएको थियो। यस घटनामा मुख्यमन्त्री ममता ब्यनर्जीले बीएसएफ कर्मीहरूविरूद्ध कारबाही गर्ने माग गरेकी छन्। बिहीवार विधानसभामा केन्द्र औ भाजपामाथि वर्षिँदै ममताल माग गरिन्, बीएसएफले सजाय पाउनुपर्छ।

ममताले विधानसभामा राज्यको बजेटमाथि प्रतिक्रिया भाषण राखिन्। मुख्यमन्त्रीले बातचितको क्रममा चोपड़ाको विषय उठाइन्। उनले भनिन्, ३३४ केन्द्रिय टीमहरू यहाँ आएका छन्। यिनीहरू किन चोपड़ा गइरहेका छैनन्? के नानीहरूको कुनै मूल्य छैन? मुख्यमन्त्रीले अझ भनिन्- ”म चाहन्छु बीएसएफले सजाय पाओस्। उनीहरूले मानिसहरूलाई गेरूवा रंगको प्याकेटमा सानाहरू दिरहेका छन्। बीएसएफ पूर्ण रूपले भाजपाको खेमामा छ।” बीएसएफले गेरूआ प्याकेटमा सामान बाँढ़िरहेको छ, यस्तै एउटा तस्वीर मुख्यमन्त्रीले विधानसभामा पनि देखाइन्।

ममताले विधानसभालाई सम्बोधन गर्नपूर्व तृणमूल प्रतिनिधिमण्डलले चोपड़ालाई लिएर राज्यपाल सीवी आनन्द बोससित भेट गऱ्यो। तृणमूलको दाबी छ, जब राज्यपाल हरेक ठाउँमा पुग्नसक्छन् भने उनी चोपड़ा पनि जानुपर्छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *