सन्देशखालीको घटनालाई लिएर भाजपा चेली मोर्चाद्वारा दार्जीलिङमा विरोध प्रदर्शन

IMG-20240215-WA0190.jpg

दार्जीलिङ: चौबिस फरगानाको बासीरहाट खण्डको सन्देशखालीमा भएको घटनालाई लिएर भारतीय जनता पार्टीले आज दार्जीलिङमा विरोध प्रदर्शन गरेको छ। उक्त विरोध प्रदर्शन भाजपा दार्जीलिङ जिल्ला चेली मोर्चाद्वारा गरिएको छ। उक्त विरोध प्रदर्शनमा भाजपा दार्जीलिङ जिल्लाको पदाधिकारीहरू उपस्थित रहेका थिए। उक्त विरोध प्रदर्शन भाजपा दार्जीलिङ जिल्ला चेली मोर्चा अध्यक्ष चन्द्रकला राईको अगुवाईमा गरिएको थियो।

उक्त विरोध प्रदर्शनमा सन्देशखालीको घटनाको आरोपीलाई झट्टै पक्राउ गरिनु पर्ने र आरोपीलाई कठोर सजाय दिनु पर्ने मांग भाजपाले गरेको छ। उक्त विरोध प्रदर्शन विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भाजपा चेली मोर्चा दार्जीलिङ जिल्लाको अध्यक्षा चन्द्रकला राईले सन्देशखाली घटनामा तृणमूल कंग्रेस नेताको हात छ भनी आरोप लगाउँदै आरोपीलाई झट्टै पक्राउ गरिनु पर्ने मांग गरेकी छन्। उनले घटनामा संलग्न आरोपीलाई झट्ट पक्राउ गरेर सजाय दिनु पर्ने मांग गरेका छन्।

उनले सन्देशखालीमा तृणमूलले नारीहरूमाथि अत्याचार गरिरहेको बताउँदै उक्त घटनाको प्रतिवाद गर्न आज विरोध प्रदर्शन गरेको र पुलिसलाई उक्त घटना विषयमा ज्ञापन पनि दिइएको बताएकी छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *