सांसद राजु बिष्ट र जोइन्ट फोरमक प्रतिनिधिहरूद्वारा संसदीय स्थायी समितिको अध्यक्षसित बैठक

IMG-20240215-WA0179.jpg

सिलगढी: चिया बगान श्रमिकहरूको संयुक्त मञ्चका सदस्यहरूले श्रम, कपडा, एवं कौशल विकाससम्बन्धी संसदीय स्थायी समितिसँग सिलगढीमा महत्त्वपूर्ण बैठकमा भाग लिएको सांसद राजु बिष्टले बताएका छन्l ‘यो समिति अहिले हाम्रो क्षेत्रको भ्रमणमा रहेको छ। यस बैठकले दार्जीलिङ पहाड, तराई अनि डुवर्स क्षेत्रका चिया बगान अनि सिन्कोना बगानका श्रमिकहरूको अधिकार र कल्याणको वकालत गर्ने एक महत्त्वपूर्ण मञ्चको रूपमा काम गरेको छ’, उनले भने। उनले भने, ‘अध्यक्ष भतृहरि महताबको नेतृत्वमा संसदीय समितिलाई मैले जानकारी गराएँ, प्रधानमन्त्री नरेन्द्र मोदीको मार्गदर्शनमा हाम्रो सरकारले चार नयाँ श्रम कानूनहरू पारित गरेको छ। यी कानूनले श्रम क्षेत्रमा पूर्णतया सुधार गर्दछन्, अनि उच्च वेतन, काम गर्नका लागि उत्कृष्ट वातावरण, र श्रमिकहरू तथा उनका परिवारजनका लागि सुधारिएको सामाजिक सुरक्षा सुनिश्चित गर्दछन्l’

चिया बगान र सिन्कोना बगानका श्रमिकहरूको सामुहिक आवाजको प्रतिनिधित्व गर्ने यस संयुक्तमञ्चले श्रमिकहरूको पक्षमा एउटा मजबूत मुद्दा प्रस्तुत गरेको उनको भनाइ छ। सांसद राजु बिष्टले भने, ‘उनीहरूको अमूल्य अन्तर्दृष्टिले वाणिज्य समितिको १७१औँ रिपोर्ट तयार गर्नमा महत्त्वपूर्ण योगदान गरेको थियो, जसअन्तर्गत चिया बगान अनि सिन्कोना बगानक श्रमिकहरूको अवस्था सपार्नका लागि व्यापक सुधारहरू गर्ने आग्रह गरिएको थियोl यी प्रगतिहरू हुँदाहुँदै पनि, पश्चिम बंगालमा राज्य सरकारले नयाँ श्रम कानूनहरूलाई लागू गरेको छैन, साथै १७१औँ वाणिज्य समिति रिपोर्टमा रेखांकित सिफारिशहरूको बेवास्ता गरिरहेको छl’ बैठकको दौरान अध्यक्ष भतृहरि महताबले पश्चिम बंगाल सरकारसँग परामर्श गरेर नयाँ श्रम कानूनहरू तथा वाणिज्य समितिका सिफारिशहरूको कार्यान्वयनलाई तीव्रता प्रदान गर्ने आफ्नो वचनबद्धता व्यक्त गरेको सांसद राजु बिष्टले बताएका छन्। उनले भने, ‘उहाँको आश्वासनले हाम्रो क्षेत्रका चिया बगान अनि सिन्कोना बगान श्रमिकहरूको लागि सकारात्मक परिवर्तन ल्याउन सामुहिक प्रयासहरूको महत्त्वमाथि जोड दिएको छl’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *