खरसाङ: खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको सभा उपाध्यक्ष फुर्बा घिसिङको अध्यक्षता र सचिव निर्मल गुरुङको सञ्चालनमा सम्पन्न भएको छ। सभामा आगामी १५ अगस्तको दिन ७औं स्वतन्त्रता दिवस म्याराथन र स्वतन्त्रता दिवस नगदराशि फुटबल टुर्नामेन्ट विषयमा चर्चा परिचर्चा गरिएको छ। खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको आयोजनामा आगामी ५ अगस्तदेखि खुल्ला नगगराशि फुटबल टुर्नामेन्ट खरसाङको भिक्टोरिया खेल मैदानमा हुने भएको छ। त्यसरी नै आगामी स्वतन्त्रता दिवसमा हुने म्याराथन विषयमा चर्चा परिचर्चा गर्दै म्याराथनमा सहभागी हुनेहरूको लागि आगामी ५ अगस्तदेखि फारम वितरण कार्य शुरु हुने र उक्त फारम १३ अगस्तभित्र बुझाउनु पर्ने साथै फोरमसित डाक्टरबाट फिटनेस प्रणाम पत्र पनि ल्याएर फारमसितै बुझाउनु पर्ने भएको जानकारी प्राप्त भएको छ। सभाको निर्णय अनुसार आगामी १५ अगस्तको दिन स्वतन्त्रता दिवसको अवसरमा हुने भनिएको म्याराथन दौड़ केटाहरूका लागि गोराबारीको शिव मन्दिरदेखि खरसाङको मन्टिभियट खेल मैदानसम्म लगभग १५ किलोमीटर अनि केटीहरूका लागि चटकपुरदेखि खरसाङको मन्टिभियट खेल मैदानसम्म लगभग १२ किलोमीटर रहने भएको छ। खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको आयोजनामा सन् १९६० देखि नै प्रत्येक वर्ष स्वतन्त्रता दिवसको अवसरमा नगगराशि फुटबल टुर्नामेन्ट साथै म्याराथन आयोजना गर्दै आईरहेको छ भने गत २०२० र २०२१ मा कोरोनाको महामारीले गर्दा आयोजना भएन भने यसपाली पुन: आयोजना गरिने भएको जानकारी प्राप्त भएको छ।








