कालेबुङको झोलुङमा दागोपापकालमा बनिएको झोलुङ रंगशाला भवन जीर्णावस्थामा

IMG-20240215-WA0182.jpg

कालेबुङ: कालेबुङ २८ नम्बर समष्टि अन्तर्गत झोलुङमा दागोपापकालमा बनिएको झोलुङ रंगशाला भवन अहिले जीर्णावस्थामा पुगेको छ। २००७ पछिको राजनैतिक परिवर्तनपछि उक्त भवनको शिलालेखमा लेखिएको विवरण समेत मेटिएको बताइएको छ।सम्पूर्ण सुविधाजनक अनि विशाल झोलुङ रंगशाला भवन झोलुङवासीहरुको निम्ति एउटा सुन्दर उपहार नै मान्छन् स्थानीय वासिन्दाहरु। पहाडमा जीटीए व्यवस्था भित्रिएपछि उक्त रंगशाला भवनको मरमत्ति कार्यको निम्ति स्थानीय वासिन्दाहरुले धेरै गुहार लगाए पनि आजको दिनसम्म झोलुङ रंगशाला भवनको मरमत्ति विषयमा कुनै सुनवाई नभएको स्थानीय वासिन्दाहरुको गुनासो रहेका छन्।

यस विषयमा स्थानीयहरूले गुनासो गर्दै गोरामुमोको संस्थापक अध्यक्ष आप्पा सुवास घिसिङले स्थानीय मानिसहरूको सुविधाको लागि दागोपापकालमा नै निर्माण गरिएको र अहिले अन्यन्तै जीर्णावस्थामा पुगेको भए पनि अहिलेसम्म मरमत्ति नगरिएको गुनासो रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *