सन्देशखालीमा बाहिरका मानिसहरूले कोकोहोलो मच्चाइरहेका छन्: मुख्यमन्त्री ममता ब्यनर्जी

sandeshkhaliviolence1-1707994122.jpg

काेलकाता: मुख्यमन्त्री ममता ब्यनर्जीले विधानसभामा भनेकी छन्, सन्देशखाली आरएसएसको गढ़ हो। उनले तृणमूल नेता शाहजहाँ शेखको सन्दर्भमा पनि मुख खोलिन्। उनले भनिन्, सन्देशखालीमा भएको बवालको पछाड़ि ईडीको हात छ। यिनीहरू त्यै मानिसहरू हुन् जसले शाहजहाँलाई ”लक्ष्य” बनाउँदै सन्देशखालीमा प्रवेश गरी उत्पात मच्चाएका थिए।

ममताले बिहीवार विधानसभामा भनिन्- ”ईडी शाहजहाँलाई ”लक्षित गर्दै” सन्देशखालीमा प्रवेश गऱ्यो। त्यहाँ गड़बड़ी गरेर अल्पसंख्यक अनि आदिवासीहरूमाझ समस्या उत्पन्न गराउने प्रयास गरिँदैछ। त्यहाँ आरएसएसको गढ़ छ। उनका शब्दहरूमा- ”त्यहाँ मानिसहरूले मुखौटो लगाएर हिंसा गरिरहेका छन्। सन्देशखालीमा बाहिरका मानिसहरूले कोकोहोलो मच्चाइरहेका छन्।

उल्लेखनीय छ, सन्देशाखलीका महिलाहरूले शेख शाहजहाँ र उसका मानिसहरूमाथि वर्षौंदेखिको महिलाहरूको यौन उत्पीड़न सहित अन्य गुण्डागिरी गर्दै आइरहेको आरोप लगाएका छन्। ममता ब्यनर्जीले यस सम्बन्धमा नयाँ कुरा केही पनि गरिनन्। उनले शेख शाहजहाँलाई बचाउँदै भनिन्, ईडीले उसलाई लक्ष्य बनाउने प्रयास गऱ्यो।

महिलाहरूले भनेका थिए, उनीहरूले स्थानीय तृणमूल नेताहरूको डरले आफ्नो अनुहारलाई ढाकेर पुलिसलाई बयान दिरहेका छन्। यस सन्दर्भमा पनि ममताले भनिन्, अनुहार ढाकेर मानिसहरूले बवाल मच्चाइरहेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *