सांसद मिमी चक्रवर्तीको राजीनाको कारण के हुनसक्छ?

Mimi-Chakraborty

कोलकाता: टलिउडकी नायिका तथा टीएमसी सांसद मिमी चक्रवर्तीले आफ्नो पदबाट राजीनामा दिएकी छिन्। उनले पश्चिम बंगालकी मुख्यमन्त्री तथा पार्टीकी सुप्रिमो ममता ब्यानर्जीलाई राजीनामा बुझाएकी छिन्। मिमी चक्रवर्तीका अनुसार, उनी आफ्नो सिटमा स्थानीय टीएमसी नेतृत्वबाट असन्तुष्ट छिन्। सन् २०१९ को लोकसभा चुनावमा मिमी चक्रवर्तीले जादवपुर सीटबाट जितेकी थिइन्। समाचारअनुसार, उनले लोकसभाका अध्यक्षलाई राजीनामा बुझाएकी छैनन्, त्यसैले तकनिकी रूपमा उनले आफ्नो निर्णय मात्र घोषणा गरेकी हुन्। यसलाई औपचारिक राजीनामाको रूपमा लिइने छैन। मिमी चक्रवर्ती टलिउडको फिल्म उद्योगमा एक चर्चित नाम हो। उनको जन्म ११ फरवरी १९८९ मा पश्चिम बंगालको जलपाईगढीमा भएको थियो। मिमी चक्रवर्तीले सन् २०१२ मा फिल्म च्याम्पियनबाट आफ्नो करियर शुरु गरेकी हुन्। उनले बंगाला २५ भन्दा बढी सफल फिल्महरू काम गरेद्की छिन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *