भाजपा कार्यकर्ता र पुलिसमाझ झड़पमा केही महिला कार्यकर्ताहरू घाइते

bjp.jpg.jpg

सिलगढ़ी: भाजपाको सिलगढ़ी पुलिस कमिश्नरेट अभियानको क्रममा बिहीवार भाजपा कार्यकर्ता अनि पुलिसमाझ सामान्य झड़प भएको छ। घटनामा भाजपाका केही महिला कार्यकर्ताहरू घाइते भएका छन्। वास्तवमा सन्देशखाली घटनाको विरोधमा राज्यसँगसँगै सिलगढ़ीमा पनि आन्दोलन गरियो। यस अवधि सिलगढ़ी सांगठनिक भाजपाद्वारा सिलगढ़ीमा एक ऱ्याली निकालियो। यो ऱ्याली शहरको मूल बाटो परिक्रमा गर्दै सिलगढ़ी पुलिस कमिश्नरेटमा पुग्यो।

ऱ्यालीमा सहभागी भाजपा नेता अनि कार्यकर्ताहरूले पुलिस कमिश्नरेटमा प्रवेश गर्ने प्रयास गर्दा उनीहरूलाई पुलिस कर्मीहरूले रोके। त्यसपछि भाजपा कार्यकर्ता र पुलिस कर्मीहरूमाझ धक्का-मुक्का शुरू भयो। यस घटनामा भाजपाका केही महिला कार्यकर्ताहरू घाइते भएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *