गर्भावस्थाको एउटा असाधारण घटना मानिसमा नभई जनावरहरूमा देखिएको छ। अमेरिकाको नर्थ क्यारोलिनास्थित एक एक्वैरियमका अधिकारीहरू आफ्नो ठाँउमा राखिएको एउटा ठूलो स्टिन्ग्रे गर्भवती रहेको र चाँडै चार सन्तान जन्माउन लागेको थाहा पाएपछि छक्क परेका छन्। अचम्मको कुरा के छ भने स्टिन्ग्रे आठ वर्षदेखि आफ्नो प्रजातिका अन्य माछाबाट टाढा रहेर माछा ट्याङ्कीमा एक्लै बस्दै आएकी छिन्। यस्तो अवस्थामा माछाका सन्तानका बाबु को हुन् भन्ने प्रश्नमा अधिकारीहरू चिन्तित छन्?
यो माछा दक्षिणी क्यालिफोर्नियाको समुद्रमा रहेको आफ्नो प्राकृतिक बासस्थानबाट ३७०० किलोमिटर टाढा छ। तर यो स्टिङ्ग्रेले विगत आठ वर्षदेखि आफ्नो प्रजातिको कुनै पनि पुरुष माछासँग आफ्नो फिशट्याङ्क बाँडेको छैन। यस्तो अवस्थामा उनको गर्भावस्था निकै अचम्मलाग्दो छ जसले अधिकारीहरुलाई चिन्तित बनाएको छ। हेन्डरसनभिलको एक्वैरियम र शार्क ल्याबकी कार्यकारी निर्देशक ब्रेन्डा रामर पनि यसबाट निकै छक्क परेकी छिन्। गत हप्ता मात्रै यहाँको टोलीले सामाजिक सञ्जालमा चार्लोट नामकी स्टिङ्ग्रे गर्भवती भएको घोषणा गरेको थियो। पोष्टमा, एक्वैरियमले यो गर्भावस्थाको केसलाई जीवनभरको वैज्ञानिक रहस्यको रूपमा वर्णन गरेको छ। सोही पोस्टमा, यो माछा ट्यांकमा कहिल्यै पुरुष स्टिंग्रे नभएको खुलासा भएको छ, तर शार्लोट गर्भवती भइन्। एक्वैरियमले शार्लोट र अष्ट्रेलियाको जेवेट एक्वेरियमका डा. रोबर्ट जोन्सको तस्वीर पोष्ट गरेको छ, अल्ट्रासाउन्ड परीक्षणले उनको गर्भावस्था पुष्टि गरेको छ।
डा. जोन्सको पोस्टले शार्लोटलाई यसरी गर्भवती हुनुको कारण के हुनसक्छ भनेर बताउँछ। अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार, केही रिपोर्टहरूले यो दाबीलाई खण्डन गरेका छन्, तर केही विज्ञहरूले शार्लोटले एक्वैरियमका पाँचवटा साना शार्कहरूमध्ये कुनै पनिसँग मिलन र प्रजनन गर्न सक्दैनन् भनी बताए। पार्थेनोजेनेसिसका कारण शार्लोट गर्भवती हुनसक्ने सम्भावना पनि छ। यसमा महिलाले निषेचन नगरी नै क्लोन बनाउँछिन् । यो धेरै कीराहरू, माछाहरू, उभयचरहरू, चराहरूमा हुन्छ, तर स्तनपायीहरूमा होइन।










