घर मुनिको जमीनको माटो खनेर चोरी

IMG-20230528-WA0320-5-300x172-3

अलिपुरद्वार: जिल्लाको एक नम्बर ब्लक अधिनस्थ पश्चिम कंथालबाड़ी क्षेत्रमा दुस्साहसिक चोरीको घटना घटेको छ। चोरहरूले घर मुनिको जमीनको माटो खनेर चोरीको घटनालाई परिणाम दिएका छन्। बिहीवार घटना प्रकाशमा आउनसाथ क्षेत्रमा सन्त्राष फैलियो।

घटनाको सूचना पाएर अलिपुरद्वार थाना अन्तर्गत सोनापुर चौकीको पुलिस घटनास्थलमा पुगेर जाँच शुरू गऱ्यो। घर मालिक्नी सोनाली मुर्मूले बताइन्, आज बिहान घरमा चोरी भएको कुरा अघि आयो। चोरले घर मुनिको जमीनको माटो खनेर घरभित्र प्रवेश गऱ्यो अनि घरमा राखिएको हजारौं रुपियाँ नगद अनि केही आवश्यक कागजपत्रहरू चोरी गरेर भाग्यो। गाउँमा यस किसिमको घटना पहिलो पटक भएको पनि तिनले बताइन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *