चितुवा थुनियो वन विभागको पिन्जरामा

Capture2-10.png

अलिपुरद्वार: दलगाउँ चिया बगानमा वन विभागद्वारा राखिएको पिन्जरामा बिहीवार एउटा चितुवा थुनिएको छ। जसबाट ग्रामीणहरूले राहत महसूस गरेका छन्। वास्तवमा चिया बगान क्षेत्रमा कैयौं दिनदेखिको चितुवाले आतंक मच्चाइरहेको थियो। यसले गर्दा ग्रामीणहरूमा सन्त्राष फैलिएको थियो। ग्रामीणहरूको अनुरोधमा वन विभागद्वारा दलगाउँ चिया बगानमा पिन्जरा राखिएको थियो।

आज बिहान चिया बगानमा गएका श्रमिकहरूले पिन्जराभित्र चितुवा फसेको देखे। यसको सूचना वन विभागलाई दिइयो। सूचना पाउनसाथ वनकर्मीहरू घटनास्थलमा पुगेर चितुवालाई कब्जामा लिई आफूसितै लिएर गए। यसरी चितुवा पिन्जरामा कैद भएपछि ग्रामीणहरूले राहत महसूस गरिरहेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *