सिविटार चियाबारीकी रोजी प्रधान छैटौं अन्तर्राष्ट्रीय कराँते च्याम्पियनशीप २०२२ मा गोल्ड मेडल जित्न सफल

खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिविटार चियाबारीकी रोजी प्रधानले कोलकोतामा भईरहेको छैटौं अन्तर्राष्ट्रीय कराँते च्याम्पियनशीप २०२२ मा गोल्ड मेडल जित्न सफल भएकी छन्। अल ईण्डिया सेशिन्कै शिटो लियो कराँते डो फेडेरेसनको आयोजनामा ३० र ३१ जुलाईको दिन दुई दिवसीय कराँते च्याम्पियनशीप कोलकोताको नेताजी इण्डोर स्टेडियममा सम्पन्न भईरहेको छ। यसै खेलमा सिविटार चियाबारीको तितिरी खेल मैदान निवासी राजेन्द्र प्रधान र बिनीता प्रधानकी माईली छोरी रोजी प्रधानले गोल्ड मेडल जित्न सफल भएकी छन्। सिविटार चियाबारी निवासी रोजी प्रधान खरसाङको मार्टियल आर्ट एण्ड फिटनेस अकादमीको विद्यार्थी हुन्। उनी मार्टियल आर्ट एण्ड फिटनेस अकादमीमा सन् २०१८ देखि ट्रेनिङ गरिरहेकी छन् अनि उनले यसै मार्टियल आर्ट एण्ड फिटनेस अकादमीको तर्फबाट छैटौं अन्तर्राष्ट्रीय कराँते च्याम्पियनशीपमा भाग लिनलाई क्वालिफाई गरेकी थिइन्। उनी कोलकोतामा छैटौं अन्तर्राष्ट्रीय कराँते च्याम्पियनशीप २०२२ मा भाग लिनलाई खरसाङको मार्टियल आर्ट एण्ड फिटनेस अकादमीको तर्फबाट गईरहेको अन्य खेलाड़ीहरूसितै कोलकोता गएकी थिइन्। उनले कोलकोताको नेताजी इण्डोर स्टेडियममा कराँते च्याम्पियनशीपमा पाँचजना खेलाड़ीहरूसित अलग अलग म्याचहरूमा खेलेर गोल्ड मेडल जित्न सफल भएकी हुन्। मार्टियल आर्ट एण्ड फिटनेस अकादमीको एकजना विद्यार्थीले यसरी सफलता हात पारेकोमा अकादमीको सेन्सी एंव संस्थापक सन्दीप प्रधानले खुशी व्यक्त गर्दै चियाबारी क्षेत्रको आफ्नो विद्यार्थीले पाएको सफलतामा खुशी छु भनी बताएका छन्। उनले रोजी प्रधानले आफ्नो दिशा निर्देशनमा विगत चार वर्षदेखि खरसाङ महकुमा स्तरदेखि अन्तर्राष्ट्रीय स्तरमा गएर सफलता पाएको र अब अझैं धेरै लामो यात्रा रहेको र अब भविष्यमा एशियन गेम र ओलम्पिकसम्मको यात्रा तय गर्नु पर्ने पनि बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement