विश्वकप लिग–२ को पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित

Photo2

काठमाडौं: आईसीसी विश्वकप लिग–२ त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले अल आउट हुँदै १३२ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नामिबियाले ३३.१ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेट्टायो। नामिबियाका लागि जान फ्रांकलिनले सर्वाधिक ३४ रनको योगदान दिए। त्यस्तै जान निकोलले ३१ रन, माइकल भान लिनगेनले २३ रन तथा  निकोलास डाविनले १५ रन बनाए। नेपालका लागि सोमपाल कामीले ३ तथा ललित राजवंशीले २ विकेट लिए। रोहित पौडेले पनि एक विकेट हात पारे। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४१.१ ओभरमा सबै विकेट गुमाएर १३२ रन बनाएको थियो। नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रनको योगदान दिए। त्यस्तै, गुलसन झाले २१ रन बनाए। उनले ३१ बलमा ३ चौका प्रहार गरेका थिए।

About Author

Advertisement