गोर्खा चेली फूटबल टुर्नामेण्टः फाइनलमा पुग्न सफल भयो तमिलनाडु पुलिस

IMG-20240215-WA0157.jpg

खरसाङ: महिला फूटबल खेल र खेलाड़ीहरूलाई प्रोत्साहन प्रदान गर्ने लक्ष्यको साथ खरसाङ फूटबल एसोसिएशन (केएफए)-ले युवा मामिला एवम् खेलकुद विभाग, जीटीए-को विशेष सहयोगमा आयोजन गरेको गोर्खा चेली फूटबल टुर्नामेण्टको दोस्रो संस्करणमा तमिलनाडु पुलिसले सजिलैसँग फाइनलमा स्थान बनायो। उत्तर बंगालकै सबैभन्दा ठूलो यस महिला टुर्नामेण्टअन्तर्गत चानमारी खेल मैदानमा बिहीवार खेलिएको पहिलो सेमिफाइनल म्याचमा तमिलनाडु पुलिसले कालेबुङको देबाञ्जन शेयर गर्ल्स फूटबल एकाडमीलाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमकी खेलाड़ी सुन्दरीलाई प्लेयर अव् द म्याच चयन गरियो, जसलाई आजका अतिथि ब्रिगेन गुरुङ (अध्यक्ष, खरसाङ नगरपालिका)-को बाहुलीबाट पुरस्कार प्रदान गरियो। अब शुक्रवार खेलिने दोस्रो सेमिफाइनलमा ओडिशाको नीता फूटबल एकाडमी (एनएफए) र सिक्किम फूटबल क्लबबीच भिड़न्त हुनेछ।

यसरी फाइनल आइतवार (१८ फरवरीमा) हुनेछ। आयोजक केएफए-का महासचिव सुदीप राईले बताएअनुसार, टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद राशि प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *