दुई ट्रकको भिड़न्तमा एक चालकको मृत्यु

1691325974_1685363623_accident.jpg

जलपाईगुड़ी: दुईवटा ट्रकमाझ भएको भिड़न्तमा एकजना ट्रक चालकको मृत्यु भएको छ। घटना गए बुधवार अबेर राती गएरकटाको सकुआझोरा-१ ग्राम पञ्चायत कार्यालय नजिक एशियन हाईवे-४८-मा घटेको थियो। मृतक चालकको नाम इसरत अहमद हो। अर्को ट्रक चालकले भने घटनास्थलबाटै सुइँकुच्चा ठोके।

पुलिस सूत्र अनुसार एउटा ट्रक बीरपाड़ादेखि धुपगुड़ी तर्फ गइरहेको थियो। यसै क्रममा विपरीत दिशाबाट आइरहेको ट्रक अर्थात बीरपाड़ातिर गइरहेको ट्रकसित उक्त ट्रकको भिड़न्त भयो। दुर्घटनाको कारणले एशियन हाईवेमा जाम लागेको थियो। पछि बिन्नागुड़ी चौकीको पुलिस घटनास्थलमा पुगेर क्रेनको सहयोगले दुवै ट्रकलाई हटायो। पुलिसले शवलाई पनि आफ्नो कब्जामा लियो। घटनापछि अर्को ट्रक चालक घटनास्थलबाट भागे। बिन्नागुड़ी चौकीको पुलिस घटनाको जाँचमा जुटेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *